Shittalpati
पाल्पामा सोमबार थप ९७ जना संक्रमितले कोरोना जिते

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप ९७ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ३९ जना महिला र ५८ जना पुरुषले कोरोना जितेका हुन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ५७, बगनासकाली गाउँपालिकाका २२, पूर्वखोला गाउँपालिकाका ५, रम्भा गाउँपालिकाका ४, रैनादेवी छहरा गाउँपालिकाका २, माथागढी गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका ३/३ जना र रामपुर नगरपालिकाका १ जना संक्रमितले कोरोना जितेको पाइएको हो । योसँगै जिल्लामा निको हुने संक्रमितको संख्या ११ हजार ४ सय ८२ पुगेको छ । जसमा ५ हजार १ सय ५८ महिला र ६ हजार ३ सय २४ जना पुरुष रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ११ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । ९ जनाको पीसीआर परीक्षण गरिएकोमा ६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा तानसेनका ४, माथागढी र निस्दीका १/१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै पीसीआर परीक्षण गर्दा जिल्लामा अहिलेसम्म ६ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ हजार ७ सय ७७ जना महिला र ४ हजार १ सय ६१ जना पुरुष रहेका छन् ।

यस्तै, एन्टिजेन परीक्षणमा ५ जनामा संक्रमण देखिएको छ । १२ जनामा परीक्षण गरिएकोमा ५ जनामा संक्रमण देखिएको हो । तानसेनका ३, रैनादेवी छहरा र बगनासकालीका १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ५ हजार १ सय ७२ पुगेको छ । जहाँ २ हजार ६ सय ६० जना महिला र २ हजार ५ सय १२ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यहाँ अहिलेसम्म २ सय ६४ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८७ जना महिला र १ सय ७७ जना पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा अहिलेसम्म ३ सय ६४ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये ३ सय ५७ जना होम आइसोलेसनमा रहेका छन् भने ७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update