Shittalpati
पाल्पामा मंगलबार थप ४७ जनामा कोराना संक्रमण पुष्टि

पाल्पा, पाल्पामा ४७ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा पछिल्लो २४ घण्टामा ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

२३ जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा संक्रमण देखिएको छ । जसमा तानसेन नगरपालिकाका ६, रम्भा गाउँपालिका, माथागढी गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, बगनासकाली गाउँपालिका र निस्दी गाउँपालिकाका १/१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै पीसीआर परीक्षण गर्दा जिल्लामा अहिलेसम्म ६ हजार ९ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ हजार ७ सय ८३ जना महिला र ४ हजार १ सय ६६ जना पुरुष रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ३६ जनामा संक्रमण देखिएको छ । १ सय १९ जनाको परीक्षण गरिएकोमा ३६ जनामा संक्रमण देखिएको हो । जसमा तानसेन नगरपालिकाका १५, बगनासकाली गाउँपालिकाका १३, रैनादेवी छहरा गाउँपािलका, रम्भा गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका २/२, माथागढी गाउँपालिका र पूर्वखोला गाउँपालिकाका १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ५ हजार २ सय ८ पुगेको छ । जहाँ २ हजार ६ सय ८५ जना महिला र २ हजार ५ सय २३ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याड्ढमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा १५ जना संक्रमितले कोरोना जितेका छन् । तानसेन नगरपालिका र रम्भा गाउँपालिकाका ६/६, माथागढी गाउँपालिका, रामपुर नगरपालिका र तिनाउ गाउँपालिकाका १/१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ११ हजार ४ सय ९७ पुगेको छ । जसमा महिला ५ हजार १ सय ६६ महिला र ६ हजार ३ सय ३१ जना पुरुष रहेका छन् । जिल्लामा अहिलेसम्म ३ सय ९६ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३ सय ८९ जना होम आइसोलेसनमा रहेका छन् भने ७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update