Shittalpati
पाल्पामा विहीबार थप ९२ जना संक्रमणमुक्त

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप ९२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ६६ जना महिला र २६ जना पुरुष संक्रमित कोरोनामुक्त भएका हुन् ।

स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ६६, माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिकाका ५/५, रिब्दीकोट गाउँपालिकाका ४, रामपुर नगरपालिका, रम्भा गाउँपालिकाका ३/३, रैनादेवी छहरा गाउँपालिका, तिनाउ गाउँपालिकाका २/२ र निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिकाका १/१ जना संक्रमितले कोरोना जितेको पाइएको हो । योसँगै जिल्लामा निको हुने संक्रमितको संख्या ११ हजार ६ सय ६२ पुगेको छ । जसमा ५ हजार २ सय ६० महिला र ६ हजार ४ सय २ जना पुरुष रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १८ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । ७ जनाको पीसीआर परीक्षणमा ४ जनामा संक्रमण देखिएको छ । तानसेन, बगनासकाली, रम्भा र माथागढीका १/१ जनामा संक्रमण देखिएको हो । यो सँगै पीसीआर परीक्षणबाट संक्रमित हुनेको संख्या ६ हजार ९ सय ५३ पुगेको छ । जसमा २ हजार ७ सय ८६ महिला र ४ हजार १ सय ६७ पुरुष रहेका छन् ।

यस्तै एन्टिजेन परीक्षणमा १४ जनामा संक्रमण देखिएको छ । तानसेनका ५, रैनादेवी छहराका ३, रामपुरका २, माथागढी, पूर्वखोला, रम्भा र बगनासकालीका १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ५ हजार २ सय २४ पुगेको छ । जहाँ २ हजार ६ सय ९३ जना महिला र २ हजार ५ सय ३१ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यहाँ अहिलेसम्म २ सय ६५ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८८ जना महिला र १ सय ७७ जना पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा अहिलेसम्म २ सय ५० जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये २ सय ४३ जना होम आइसोलेसनमा रहेका छन् भने ७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update