Shittalpati
पाल्पामा शुक्रबार थप ६८ जनाले कोरोना जिते

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप ६८ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ४१ जना महिला र २७ जना पुरुष संक्रमितले कोरोना जितेका हुन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ४७, रम्भा गाउँपालिकाका ५, माथागढी गाउँपालिकाका ४, रामपुर नगरपालिका बगनासकाली गाउँपालिकाका ३/३, पूर्वखोला गाउँपालिका, रैनादेवी छहरा गाउँपालिकाका २/२ र तिनाउ गाउँपालिकाका १ जना संक्रमितले कोरोना जितेको पाइएको हो । योसँगै जिल्लामा निको हुने संक्रमितको संख्या ११ हजार ७ सय ३० पुगेको छ । जसमा ५ हजार ३ सय १ महिला र ६ हजार ४ सय २९ जना पुरुष रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १३ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । २० जनाको पीसीआर परीक्षणमा ७ जनामा संक्रमण देखिएको छ । रामपुरका ३, तानसेनका २, रैनादेवी छहरा र रम्भाका १/१ जनामा संक्रमण देखिएको हो । यो सँगै पीसीआर परीक्षणबाट संक्रमित हुनेको संख्या ६ हजार ९ सय ६० पुगेको छ । जसमा २ हजार ७ सय ८९ महिला र ४ हजार १ सय ७१ पुरुष रहेका छन् । यस्तै एन्टिजेन परीक्षणमा ६ जनामा संक्रमण देखिएको छ । माथागढीका २, रामपुर, पूर्वखोला, बगनासकाली र रिब्दीकोटका १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ५ हजार २ सय ३० पुगेको छ । जहाँ २ हजार ६ सय ९७ जना महिला र २ हजार ५ सय ३३ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यहाँ अहिलेसम्म २ सय ६६ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८८ जना महिला र १ सय ७८ जना पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा अहिलेसम्म १ सय ९४ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये १ सय ८७ जना होम आइसोलेसनमा रहेका छन् भने ७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update