पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप २९ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका २१ जना महिला र ८ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।
स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका १७, बगनासकाली गाउँपालिकाका ५, पूर्वखोला गाउँपालिकाका २, रम्भा गाउँपालिका, रामपुर नगरपालिका, रैनादेवी छहरा गाउँपालिका र तिनाउ गाउँपालिकाका १/१ जना संक्रमित कोरोनामुक्त भएको पाइएको हो । योसँगै जिल्लामा निको हुने संक्रमितको संख्या ११ हजार ७ सय ५९ पुगेको छ । जसमा ५ हजार ३ सय २२ महिला र ६ हजार ४ सय २७ जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ४ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । ४ जनाको पीसीआर परीक्षणमा १ जनामा संक्रमण देखिएको छ । तानसेनका १ जना पुरुषमा संक्रमण देखिएको हो । यो सँगै पीसीआर परीक्षणबाट संक्रमित हुनेको संख्या ६ हजार ९ सय ६१ पुगेको छ । जसमा २ हजार ७ सय ८९ महिला र ४ हजार १ सय ७२ पुरुष रहेका छन् ।
यस्तै एन्टिजेन परीक्षणमा ३ जनामा संक्रमण देखिएको छ । १३ जनामा परीक्षण गरिएकोमा तानसेनका २ र रम्भाका १ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ५ हजार २ सय ३३ पुगेको छ । जहाँ २ हजार ६ सय ९७ जना महिला र २ हजार ५ सय ३६ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यहाँ अहिलेसम्म २ सय ६६ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८८ जना महिला र १ सय ७८ जना पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा अहिलेसम्म १ सय ६९ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये १ सय ६२ जना होम आइसोलेसनमा रहेका छन् भने ७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।