Shittalpati
एमसीसी टेबुल गर्न सहमति जुटेन

पाल्पा, बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) सम्झौता टेबुल हुन सकेन । एमसीसी प्रस्तावलाई कार्यसूचीमा राख्ने/नराख्ने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्ता गठबन्धनभित्र नै सहमति जुट्न नसकेपछि सम्झौता टेवुल हुन नसकेको हो ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का नेताहरुले राष्ट्रिय विषयमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लाई सहमति नलिई अघि नबढ्ने विगतको अभ्यासलाई ध्यानमा राखेर निर्णयमा पुग्नुपर्ने बताएको थियो । प्रमुख प्रतिपक्षी एमालेको अवरोधका बीच थारु आयोगको प्रतिवेदन पेश तथा शोक प्रस्ताव पारित गर्दै सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरेका छन् । सापकोटाले अर्को बैठक फागुन ६ गते एक बजे बस्ने जानकारी गराए । अर्को बैठकमा भने एमसीसी टेबल हुने सम्भावना छ ।

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update