Shittalpati
गुल्मीमा एम्बुलेन्समा आगजनी

गुल्मी, जिल्लाको मुसिकोटमा अज्ञात समूहले एम्बुलेन्समा आगजनी गरेको छ । मुसिकोट नगरपालिका–४ स्थित आफ्नै घरमा रोकेर राखेको लु २ च २३७८ को एम्बुलेन्समा आगजनी भएको हो ।

रातिको समयमा नचिनेका समूहले आगजनी गरेको एम्बुलेन्स चालक शंकर बगालेले बताए । वडा नम्बर ३ र ४ का भारतीय भुतपूर्व सैनिकले एम्बुलेन्स खरिद गरेर वडागाउँ स्वास्थ्यचौकीलाई दिएका थिए । एम्बुलेन्सको आधा भाग जलेपछि स्थानीयले आगो नियन्त्रणमा ल्याउन सफल भएका हुन् । आगलागीबाट एम्बुलेन्सको इन्जिनको भाग पूरै जलेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update