पाल्पा,जिल्लामा पछिल्लो २४ घण्टामा थप १३ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ८ जना महिला र ५ जना पुरुषले कोरोना जितेका हुन् ।
स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ८, माथागढी गाउँपालिकाका २, रैनादेवी छहरा गाउँपालिका, बगनासकाली गाउँपालिकाका र निस्दी गाउँपालिकाका १/१ जना संक्रमित कोरोनामुक्त भएको पाइएको हो । योसँगै जिल्लामा निको हुने संक्रमितको संख्या ११ हजार ८ सय ४५ पुगेको छ । जसमा ५ हजार ३ सय ६१ महिला र ६ हजार ४ सय ८४ जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । १९ जनाको एन्टिजेन परीक्षण गरिएकोमा १ जनामा संक्रमण देखिएको हो । बगनासकाली गाउँपालिकाका १ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ५ हजार २ सय ५४ पुगेको छ । जहाँ २ हजार ७ सय ९ जना महिला र २ हजार ५ सय ४५ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याड्ढमा उल्लेख छ । बुधबार कुनै पनि पीसीआर परीक्षण भएको छैन । जिल्लामा अहिलेसम्म १ सय १२ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये १ सय ११ जना होम आइसोलेसनमा रहेका छन् भने १ जनाको अस्पतालमा उपचार भइरहेको छ ।