Shittalpati
पाल्पामा शुक्रबार थप ३५ जना कोरोना संक्रमणमुक्त

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप ३५ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका २१ जना महिला र १४ जना पुरुषले कोरोना जितेका हुन् ।

स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका १२, बगनासकाली गाउँपालिकाका ११, रम्भा गाउँपालिकाका ४, रैनादेवी छहरा गाउँपालिकाका ३, माथागढी गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका २/२, पूर्वखोला गाउँपालिकाको १ जना संक्रमित कोरोनामुक्त भएको पाइएको हो । योसँगै जिल्लामा निको हुने संक्रमितको संख्या ११ हजार ८ सय ९४ पुगेको छ । जसमा ५ हजार ३ सय ९२ महिला र ६ हजार ५ सय २ जना पुरुष रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ५ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । ३० जनाको एन्टिजेन परीक्षण गरिएकोमा ५ जनामा संक्रमण देखिएको हो । रिब्दीकोट गाउँपालिकाका २, तिनाउ गाउँपालिका, बगनासकाली गाउँपालिका र माथागढी गाउँपालिकाका १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ५ हजार २ सय ६८ पुगेको छ । जहाँ २ हजार ७ सय १८ जना महिला र २ हजार ५ सय ५० जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

शुक्रबार पीसीआर परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको छैन । ८ जनाको पीसीआर परीक्षण गरिएकोमा ५ जनामा संक्रमण देखिएको हो । जसमा तानसेन नगरपालिकाका ४ र रामपुर नगरपालिकाका १ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा पीसीआर परीक्षणबाट संक्रमण हुनेको संख्या ६ हजार ९ सय ७४ पुगेको छ । जहाँ २ हजार ७ सय ९७ जना महिला र ४ हजार १ सय ७७ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा अहिलेसम्म ८२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८१ जना होम आइसोलेसनमा रहेका छन् भने १ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update