Shittalpati
नेपाली काँग्रेस तानसेन ३ वडा कार्यालय मनायो प्रजातन्त्र दिवस

पाल्पा, नेपाली काँग्रेस तानसेन नगरपालिका –३ वडा कार्यालयले प्रजातन्त्र दिवस मनाएको छ । काँग्रेसले प्रजातन्त्र सेनानी एवं प्रजातन्त्रवादी र ७० वर्ष भन्दा माथिका जेष्ठ क्रियाशिल व्यक्तित्वहरुलाई सम्मान गर्दै बहत्तरौँ प्रजातन्त्र दिवस मनाएको हो ।

उसले दिवसका अवसरमा जिल्लाबाट प्राप्त तथ्याङ्क अनुसार २४ जना प्रजातन्त्र सेनानी एवं प्रजातन्त्रवादी व्यक्तित्वहरुलाई सम्मान गरेको छ । काँग्रेसले पार्टीमा महत्वपूर्ण योगदान पु¥याएका पूर्व बुथ सभापति राजेन्द्र गोपाल सिंह, भूषण राजलवट, विष्णुबहादुर मल्ल, उत्तम कुमार बज्राचार्य र दलबहादुर राजपुतलाई सम्मान गरेको छ । यस्तै उसले प्रजातान्त्रिक सेनानीहरू कृष्णप्रसाद शाक्य, बिष्णु प्रसाद उदय, सुमना शाक्य, मंगलप्रसाद बज्राचार्य, गंगाधर भट्टराई, तिलकमान महर्जन, मीन बहादुर के.सी., केशवमान बज्राचार्य, डुल बहादुर कुँवर क्षेत्री, शेरबहादुर शाही, खडानन्द पाण्डे, सोमप्रसाद पौडेल, जीवनरत्नराज भण्डारी, शान्तादेवी घिमिरे, मनचन श्रेष्ठका साथै मनिन्द्र बज्राचार्यलाई सम्मान गरेको छ । सोही अवसरमा स्व.भगवती ध्वज राजलवट, स्व. चकोरमान शाक्य, स्व. प्रेमराज शाक्य र स्व. भरत परियारलाई पनि मरणोपरान्त सम्मान गरेको छ । सम्मानित व्यक्तित्वहरुलाई प्रमुख अतिथि तथा नेपाली काँग्रेस तानसेन नगर समितिका सभापति सुवर्णमुनि शाक्यले सम्मान गरेका हुन् ।

सम्मान गर्दै प्रमुख अतिथि शाक्यले प्रजातन्त्र सेनानी एवं प्रजातन्त्रवादी व्यक्तित्वहरुले देखाएको बाटोको सबैले अनुसरण गर्नुपर्ने बताए । उनले हाम्रा सहिदहरू र प्रजातान्त्रिक आन्दोलनका अग्रजहरूको त्याग तपस्या बाटनै हामीले प्रजातन्त्र प्राप्ति गरेको बताउदै त्यसको संरक्षणमा सबै लाग्नुपर्ने बेला आएको धारणा व्यक्त गरे । कार्यक्रममा विशिष्ठ अतिथि नेपाली काँग्रेसको प्रतिनिधि धनकला गाहाले नेपाली काँग्रेस पाल्पाले आजकै दिनदेखि चुनावी रणनीति तय गर्दै समग्र विकास निर्माणको खाका कोर्ने बताईन् । नेपाली काँग्रेसका वडा सभापति पुष्कर राज रेग्मीले नेपालमा प्रजातन्त्रको सुवात पाल्पाको यही वडाबाट भएको बताए । प्रजातन्त्र आउनु अघिनै यही वडाले प्रजातन्त्रको सुरुवात गराएको उनले स्मरण गरे । सम्मानित व्यक्तित्वहरू मीनबहादुर के.सी., विष्णु बहादुर मल्लले काँग्रेसले योगदानको कदर गरेकोमा आफुहरु अत्यन्त उत्साहित भएको बताए ।

सोही अवसरमा वडाले सांगठनिक रणनीतिहरू समेत तय गरेको छ । उसले पार्टी प्रवेश गर्ने तानसेन – ३ का टेक बहादर खड्कालाई सदस्यता दिएको छ । वडा सभापति पुष्कर राज रेग्मीको अध्यक्षता, उपसभापति तुमला बज्राचार्यको स्वागत, वडा सचिव सुनिल बहादुर थापा क्षेत्रीको सञ्चालनमा कार्यक्रम भएको थियो । नेपाली काँग्रेस पाल्पाले प्रजातन्त्र दिवसको अवसर पारेर आजदेखि ८१ वटै वडाबाट घर– घरमा जाऔं काँग्रेस जिताऔं अभियानको शुभारम्भ समेत गरेको छ ।

प्रकाशित मिति: शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update