Shittalpati
पूर्वमुख्यसचिव पौडेलद्वारा स्वास्थ्य सामग्री वितरण

तम्घास, सरकारका पूर्व मुख्यसचिव लीलामणी पौडेलले गुल्मीका विभिन्न पालिकामा स्वास्थ्य सामग्री वितरण गरेका छन् । उनले विद्यालय, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयम्सेविका लगायतलाई कोभिड–१९ विरुद्ध माक्स, अक्सिजन कन्सनटेटर लगायतका स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।

यस क्रममा उनले आफ्नो जन्मस्थल रुरुक्षेत्र गाउँपालिकाका सबै माध्यमिक विद्यालयका लागि ती सामग्री वितरण गरे । यही फागुन १ गतेदेखि ४ गतेसम्म विद्यालय एवं त्यसभन्दा पछाडी स्वास्थ्य चौकी र महिला स्वास्थ्य स्यम्सेविकालाई स्वास्थ्य सामग्री वितरण गरेको उनले बताए । गाउँपालिकाका आठ विद्यालयका लागि दुई/दुई हजारका दरले माक्स र छ वटा स्वास्थ्य संस्थाका लागि एक/एक वटा अक्सिजन कन्सनटेटर उनले प्रदान गरेका छन् । त्यस्तै मुसिकोटको बडागाउँ स्वास्थ्य चौकीको लागि एक थान अक्सिजन कन्सनटेटर र छत्रकोटको आत्मबोध मावि र जनता माविको लागि दुई/दुई हजार माक्स उपलब्ध गराइएको थियो । त्यस्तै रेसुङ्गा बुहुमुखी क्याम्पस, मुसिकोट र मदानेका विभिन्न विद्यालयको लागि पनि १० हजार माक्स वितरण गरिने जनाइएको छ । पूर्व मुख्यसचिव पौडेलले यसभन्दा अगाडि पनि जिल्लाका विभिन्न संस्थाको लागि स्वास्थ्य सामग्री वितरण गरेका थिए । चीनको छहार केन्द्र मार्फत नेपाललाई प्राप्त १० लाख माक्समध्ये उनले एक लाख माक्स जिल्लाको लागि ल्याएको जनाइएको छ । –रासस

प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update