पाल्पा, स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ३, बगनासकाली गाउँपालिकाका १, रम्भा गाउँपालिकाका ४ जना संक्रमित कोरोनामुक्त भएको पाइएको हो । योसँगै जिल्लामा निको हुने संक्रमितको संख्या ११ हजार ९ सय ३९ पुगेको छ । जसमा ५ हजार ४ सय १७ महिला र ६ हजार ५ सय २२ जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको छ । ३ जनाको पीसीआर परीक्षण गरिएकोमा १ जनामा संक्रमण देखिएको हो । जसमा पूर्वखोला गाउँपालिकाका १ जनामा संक्रमणदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा पीसीआर परीक्षणबाट संक्रमण हुनेको संख्या ६ हजार ९ सय ७८ पुगेको छ । जहाँ २ हजार ७ सय ९९ जना महिला र ४ हजार १ सय ७९ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै एन्टिजेन परीक्षणमा ८ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । ३१ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ८ जनामा संक्रमण देखिएको हो । तानसेन नगरपालिकाका ४, रिब्दीकोट गाउँपालिकाका २, रामपुर नगरपालिका र रैनादेवी छहरा गाउँपालिकाका १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ५ हजार २ सय ८६ पुगेको छ । जहाँ २ हजार ७ सय २६ जना महिला र २ हजार ५ सय ६० जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यहाँ २ सय ६६ जनाको कोरोनाका कारण ज्यान गएको छ । जसमा ८८ जना महिला र १ सय ७८ जना पुरुष रहेका छन् । जिल्लामा अहिलेसम्म ५९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५८ जना होम आइसोलेसनमा रहेका छन् भने १ जनाको अस्पतालमा उपचार भइरहेको छ ।