Shittalpati
पाल्पामा बिहीबार थप १२ जना संक्रमणमुक्त

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ७ जना महिला र ५ जना पुरुष संक्रमणमुक्त भएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाले बिहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ५, बगनासकाली गाउँपालिकाका ३, माथागढी गाउँपालिका र निस्दी गाउँपालिकाका १/१ जना संक्रमित कोरोनामुक्त भएको पाइएको हो । योसँगै जिल्लामा निको हुने संक्रमितको संख्या ११ हजार ९ सय ५१ पुगेको छ । जसमा ५ हजार ४ सय २४ महिला र ६ हजार ५ सय २७ जना पुरुष रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको छ । ५ जनाको पीसीआर परीक्षण गरिएकोमा ३ जनामा संक्रमण देखिएको हो । जसमा तानसेन नगरपालिकाका २, तिनाउ गाउँपालिकाका १ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा पीसीआर परीक्षणबाट संक्रमण हुनेको संख्या ६ हजार ९ सय ८१ पुगेको छ । जहाँ २ हजार ७ सय ९९ जना महिला र ४ हजार १ सय ८२ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै एन्टिजेन परीक्षणमा २ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । २१ जनाको एन्टिजेन परीक्षण गरिएकोमा २ जनामा संक्रमण देखिएको हो । तिनाउ गाउँपालिकाका २ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ५ हजार २ सय ८८ पुगेको छ । जहाँ २ हजार ७ सय २८ जना महिला र २ हजार ५ सय ६० जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यहाँ २ सय ६६ जनाको कोरोनाका कारण ज्यान गएको छ । जसमा ८८ जना महिला र १ सय ७८ जना पुरुष रहेका छन् । जिल्लामा अहिलेसम्म ५२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update