Shittalpati
पाल्पामा शुक्रबार थप ५ संक्रमणमुक्त, ५ जनामा कोरोना

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ३ जना महिला र २ जना पुरुष संक्रमणमुक्त भएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा रम्भा गाउँपालिका र तिनाउ गाउँपालिकाका २/२, बगनासकाली गाउँपालिकाका १ जना संक्रमित कोरोनामुक्त भएको पाइएको हो ।

योसँगै जिल्लामा निको हुने संक्रमितको संख्या ११ हजार ९ सय ५६ पुगेको छ । जसमा ५ हजार ४ सय २७ महिला र ६ हजार ५ सय २९ जना पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको छ । ७ जनाको पीसीआर परीक्षण गरिएकोमा ३ जनामा संक्रमण देखिएको हो । जसमा तिनाउ गाउँपालिका, रामपुर नगरपालिका र तानसेन नगरपालिकाका १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा पीसीआर परीक्षणबाट संक्रमण हुनेको संख्या ६ हजार ९ सय ८४ पुगेको छ । जहाँ २ हजार ८ सय १ जना महिला र ४ हजार १ सय ८३ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याड्ढमा उल्लेख छ ।

यस्तै एन्टिजेन परीक्षणमा २ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । २४ जनाको एन्टिजेन परीक्षण गरिएकोमा २ जनामा संक्रमण देखिएको हो । रैनादेवी छहरा गाउँपालिका र बगनासकाली गाउँपालिकाका १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ५ हजार २ सय ९० पुगेको छ । जहाँ २ हजार ७ सय ३० जना महिला र २ हजार ५ सय ६० जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याड्ढमा उल्लेख छ । यहाँ २ सय ६६ जनाको कोरोनाका कारण ज्यान गएको छ । जसमा ८८ जना महिला र १ सय ७८ जना पुरुष रहेका छन् । जिल्लामा अहिलेसम्म ५२ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये ५० जना होम आइसोलेसनमा रहेका छन् भने २ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update