पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ३ जना महिला र ३ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।
स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका र रम्भा गाउापालिकाका २/२, बगनासकाली गाउँपालिकाका र रैनादेवी छहरा गाउँपालिकाका १/१ जना संक्रमित कोरोनामुक्त भएको पाइएको हो । योसँगै जिल्लामा निको हुने संक्रमितको संख्या ११ हजार ९ सय ६२ पुगेको छ । जसमा ५ हजार ४ सय ३० महिला र ६ हजार ५ सय ३२ जना पुरुष रहेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण गर्दा १ जनामा पनि संक्रमण देखिएको छैन् । यस्तै एन्टिजेन परीक्षणमा १ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । बगनासकाली गाउँपालिकाका १ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ५ हजार २ सय ९१ पुगेको छ । जहाँ २ हजार ७ सय ३१ जना महिला र २ हजार ५ सय ६० जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा अहिलेसम्म ४७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४५ जना होम आइसोलेसनमा रहेका छन् भने २ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।