Shittalpati
पाल्पामा आइतबार थप १० जना संक्रमणमुक्त

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ७ जना महिला र ३ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।

स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ४, तिनाउ गाउँपालिकाका २, रामपुर नगरपालिका, माथागढी गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका र बगनासकाली गाउँपालिकाका १/१ जना संक्रमित कोरोनामुक्त भएको पाइएको हो । योसँगै जिल्लामा निको हुने संक्रमितको संख्या ११ हजार ९ सय ७२ पुगेको छ । जसमा ५ हजार ४ सय ३७ महिला र ६ हजार ५ सय ३५ जना पुरुष रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको छ । रिब्दीकोट गाउँपालिकाका १ जनामा पीसीआर परिक्षण गर्दा एकै जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा पीसीआर परीक्षणबाट संक्रमण हुनेको संख्या ६ हजार ९ सय ८५ पुगेको छ । जहाँ २ हजार ८ सय २ जना महिला र ४ हजार १ सय ८३ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै आइतबार कुनै पनि एन्टिजेन परीक्षण नभएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा अहिलेसम्म ३८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३६ जना होम आइसोलेसनमा रहेका छन् भने २ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यहाँका कोरोनाका कारण २ सय ६६ जनाको ज्यान गएको छ । जसमा ८८ जना महिला र १ सय ७८ जना पुरुष रहेका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update