पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका १ जना महिला र ३ जना पुरुष डिस्चार्ज भएका हुन् ।
स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा बगनासकाली गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका २/२ जना संक्रमित कोरोनामुक्त भएको पाइएको हो । योसँगै जिल्लामा निको हुने संक्रमितको संख्या ११ हजार ९ सय ७६ पुगेको छ । जसमा ५ हजार ४ सय ३८ महिला र ६ हजार ५ सय ३८ जना पुरुष रहेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण गर्दा १ जनामा पनि संक्रमण देखिएको छैन् । यस्तै एन्टिजेन परीक्षणमा १ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । ५७ जनामा एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको हो । जसमा रिब्दीकोट गाउँपालिकाका १ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ५ हजार २ सय ९२ पुगेको छ । जहाँ २ हजार ७ सय ३२ जना महिला र २ हजार ५ सय ६० जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा अहिलेसम्म ३५ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३३ जना होम आइसोलेसनमा रहेका छन् भने २ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यहाँ कोरोनाका कारण २ सय ६६ जनाको मृत्यु भइसकेको छ । जसमा ८८ जना महिला र १ सय ७८ जना पुरुष रहेका छन् ।