जीवलाल सुवेदी
पछिल्लो समय विश्व जगतमा पत्रकारिता र राजनीति एउटै कित्तामा देखिन थालेका छन् । राजनीति गर्नेले देशको बागडोर सञ्चालन गर्ने हो भने त्यही बागडारेलाई ठिक ढंगले चले नचलेको समाजको ऐनाको रुपमा पत्रकारिताले गर्ने हो । तर यसो हुन सकेको छैन । हिजो लिच्छवीकाल, किरात काल राणा शासन पञ्चायती शासनका बेलामा मानिसहरुले त्यत्ति कलम चलाउन पाउँदैनथे । पञ्चायती शासनमा पनि पञ्चेहरुको रोहवरमा केहीले कलम चलाउन्थे भने राणा शासनमा झन् कडा शासन थियो । त्यति बेला व्यक्ति–व्यक्ति थियो । व्यक्तिले जे भन्यो त्यही मान्नुपर्ने व्यवस्था भएका कारण धेरै जनताहरुले दुःख कष्ट पाएका थिए । कोही मानिस स्वतन्त्र लेख्न बोल्न पाउने अवस्था थिएन । पञ्चायती व्यवस्थामा मानिसहरु लुकेरै संगठन गराउने र लुकेरै किताब प्रकाशन गर्ने, हाते पत्रिका निकाल्ने प्रचलन थियो । पञ्चायती व्यवस्थामा पाल्पाका मानिसहरु भित्र भित्र संगठन बनाउने रातीमा बैठक बस्ने गरेको समेत पाईन्छ । जब–जब प्रजातन्त्रको स्थापना भयो बल्ल बहुदलिय व्यवस्था आयो । त्यसपछि आमनागरिकमा स्वतन्त्रसँगै दलिय व्यवस्था लागू भयो । यो दलिय व्यवस्था ल्याउने आम नागरिकहरुको हात नै महत्वपूर्ण थियो । त्यसमा पनि पत्रकारहरुको बलियो कलम थियो । पत्रकारहरुले नै जनतामा सु–सुजित बनाएका थिए । अहिले जस्तो सञ्चारको त्यति ठूलो पहुँच ग्रामीण क्षेत्रहरुमा थिएन ।
त्यतिबेला एफएम रेडियोहरु थिएनन् । केहि पत्रिकाहरु प्रकाशन हुन्थे । त्यही पत्रिका पनि ग्रामीण क्षेत्रमा पुग्दैनथे लेखेर प्रकाशन भयो भने व्यक्ति–व्यक्ति हुँदै समाचार ग्रामीण वस्तीमा पुग्ने गर्दथ्यो त्यही सूचनाका आधारमा मानिसहरु प्रजातन्त्र ल्याउने भेला, मिटिङ गर्ने गर्दथे । यहीबाट मानिसमा चेतना जागृत हुन्थ्यो । शहरका मानिसहरुले धेरै विषयवस्तुहरु थाहा पाउने गर्दथे भने गाउँमा धेरै गाह्रो थियो । त्यतिबेला पाल्पामा पत्रकारिता गर्नेको संख्या पनि कमि थियो भने पत्रकारहरुको संगठन पनि थिएन । किनभने देशमा संगठन खोल्न पाईदैन थियो । जब बहुदलिय व्यवस्था नेपालमा आयो बल्ल मानिसहरुका पिरमर्का संगठनका बारेमा र मानिसले गरेका विकास निर्माणका बारेमा मज्जासँग लेख्न पाउने, बोल्न पाउने अधिकार जनतामा निहित हुन पुग्यो । पछि माओवादी जनयुद्वकालमा पनि धेरै पत्रकारहरु लेखेकै भरमा मारिने, पक्राउ पर्ने जस्ता नराम्रा कामहरु हुँदै आए । राजनीति गर्ने नेताहरुलाई भन्दा देशलाई सहि बाटोमा डो¥याउने काम मुख्य त पत्रकारहरुकै हुने गर्दछ । यूद्वकालमा माओवादीहरुले आफै पत्रकारहरु तयारी गरी जनगणतन्त्र एफएम, जनादेश पत्रिका लगायत पत्रिकाहरु प्रकाशन गरी पत्रकारहरुको माध्यमबाट पनि युद्व सञ्चालन भएको थियो । १० वर्षसम्म सरकार र माओवादी युद्व चल्दा पत्रकार कृष्ण सेन इच्छुक लगाएत धेरै पत्रकारहरुले ज्यानको बाजी राखे । जति–जति दलहरु उम्रदै जान थाले तिनै दलका बारेमा लेख्न पनि पत्रकारहरु धेरै नै भए । माओवादी युद्वकाल पछि देशमा गणतन्त्र स्थापना भई राजतन्त्रको अन्त्य हुन पुग्यो । यसमा सबै पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको छ ।
पाल्पा जिल्लामा पञ्चायती कठोर शासनमा पनि कलम चलाउने पत्रकारहरु धेरै नै थिए । २०२६ सालदेखि हालसम्म सत्ता परिवर्तन र देशमा शान्ति विकासका लागि मेघराज शर्मा, प्रकाशलाल श्रेष्ठ, केदारलाल श्रेष्ठ, भगवती ध्वज राजलवट, मुनिन्द्र लाल श्रेष्ठ लगायतका पत्रकारहरुले निडरका साथ पत्रकारिता गर्नुभएको इतिहास छ । त्यतीबेला मेघराज शर्माले लुम्बिनी सन्देश बुटवलबाट प्रकाशित हुने पत्रिकामा जनताका समस्या, विकास र सत्ता परिवर्तन हुनुपर्ने विषयमा जोडदारका साथ लेखन कार्य अगााडि बढाउनु भएको थियो । मुनिन्द्रलाल श्रेष्ठले रासस, भगवती ध्वज राजलवटले समिक्षा, प्रकाश लाल श्रेष्ठले झिल्को, केदार लाल श्रेष्ठले गोर्खा पत्रमा पत्रकारिता गर्नुभएको पाइन्छ । त्यतिबेला पत्रपत्रिकाहरु दर्जन बढी प्रकाशित थिए । राष्ट्र पुकार, समीक्षा, गोर्खापत्र, नयाँ सन्देश, दैनिक निर्णय भैरहवा, दैनिक लुम्बिनी र रासस हालसम्म प्रकाशित हुँदै आएका छन् । जब प्रजातन्त्र आएपछि पत्रकारहरुको पनि संगठन विस्तार देशै भरी भयो । २०४९ सालमा पाल्पा जिल्लामा पनि नेपाल पत्रकार महासंघ पाल्पा शाखा २०४९ पुस १९ गते गठन भयो । त्यतिबेला मेघराज शर्मा अध्यक्ष, उपाध्यक्ष झपेन्द्र गहिरे, सचिव भरत शर्मा, कोषाध्यक्ष श्री कृष्ण नेपाल लगायतको टिमबाट पत्रकार महासंघको जन्म भयो । त्यस लगतै पाल्पामा पत्रिकाहरु पनि धमाधम प्रकाशित हुन थाले । त्यसैगरी एफएमहरु पनि खुल्न थाले । अहिले पाल्पामा दर्जन पत्रिका छन् भने ६, ७ वटा एफएमहरु छन् । दैनिक कुना काप्चाका भए गरेका गतिविधी बारेमा मानिसहरु सुन्न र पढ्न पाउँछन् यसले गर्दा मानिसहरु धेरै अगाडि बढेका छन् जति सञ्चार क्षेत्र बढ्यो त्यसै गरी समाजमा भए गरेका गतिविधिका बारेमा जानकारी पाउँदा धेरै मानिसहरुलाई लाभ भएको छ । पत्रकारिता क्षेत्र धेरै राम्रो क्षेत्र हो तर अहिले राजनीति गर्ने दलहरुका कारण पत्रकारहरु चेपुवामा पर्दै आएका छन् । दलगतका पत्रकार नभै स्वतन्त्र हुने हो तर त्यसो भने हुन सकेको छैन । नेताहरुले अनेक समस्या देशमा ल्याउँदा धेरै खुलेर लेख्न पनि सकेका छैनन् पत्रकारहरुले । तर पत्रकार सरकारको चौथौं अंग र समाजको ऐना भएकाले खुलेरै लेख्नु पर्दछ । दलका कारण कुनै पनि पत्रकार चेपुवामा पर्नु हुँदैन । आफ्नो लेख, रचना, पत्रपत्रिकामा लेख्न पाउँदा ग्रामीण क्षेत्रका महिला पुरुषहरु आनन्द लिएको देखिन्छ । अहिले त फेसबुक लगाएत धेरै अनलाइन मिडिया आईरहेका छन् । सञ्चार क्षेत्र धेरै नजिक हुँदा यो संसार नै सानो देखिन लागेको छ । पत्रकारिता र राजनीतिसँगै हिडेको पाइन्छ ।
पछिल्लो चरणमा पत्रकारिता क्षेत्रबाट आएका मानिस नै नेता बन्न पुगेका छन् । उनीहरु नै राज्यको मुख्य अङ्गमा पुगेका छन् । दुख कष्टपूर्ण रुपमा पत्रकारिता गरेका पत्रकारहरु नै शासन चलाउने स्थानमा पुगेपछि अरु पत्रकारहरुको पिरमर्का के हो ? भन्ने कुरा भुलेको पाइन्छ । नेपाल पत्रकार महासंघ केन्द्रिय संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई नै यो देशको प्रधानमन्त्री बन्नु भएको थियो तर पनि पत्रकारका समस्याका बारेमा अहिले सम्म हल हुन सकेको छैन । पत्रकारहरु धेरै नै मन्त्री सम्म भए दिनभरी लेखेकै भरमा हत्या, हिंसा रोकिएको छैन, निर्धारित पारिश्रमिक पत्रकारहरुले पाउन सकेका छैनन् । नेपालमा कुनै बखत यस्तो थियो, पत्रकारिता र राजनीति एक रथका दुई पांग्रा थिए । नेपालको लोकतान्त्रिक आन्दोलनमा दलसँंगै पत्रकारिताको भूमिका नजरअन्दाज गर्नै नमिल्ने खालको रÞयो । निरङ्कुशता विरुद्धको आन्दोलनमा राजनीति र पत्रकारिताको सम्बन्ध नङ–मासुको जस्तै थियो । २०४६ सालको आन्दोलन होस् वा २०६२/६३ को, दुवैमा पत्रकारहरू दलसँंगै कुममा कुम जोडेर अघि बढेको तथ्य सधैं स्मरणीय रहनेछ । गौरवपूर्ण विगतमा मात्रै होइन, विकृति र विसंगतिपूर्ण वर्तमानमा पनि नेता र पत्रकार एउटै पंक्तिमा उभिएका छन् । संघर्षका सहयात्री पत्रकारिता र राजनीति आन्दोलन पछिका विसंगतिका संवाहक पनि भएका छन् । विडम्बना प्रवृत्तिगत रूपमा आज राजनीति र पत्रकारिताको हविगत करिब–करिब उस्तै छ ।
(लेखक प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य समेत हुन् )