पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ५ जना महिला र ३ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।
स्वास्थ्य कार्यालय पाल्पाले बिहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका २, बगनासकाली गाउँपालिकाका ४, पूर्वखोला गाउँपालिका र रम्भा गाउँपालिकाका १/१ जना संक्रमित कोरोनामुक्त भएको पाइएको हो । योसँगै जिल्लामा निको हुने संक्रमितको संख्या ११ हजार ९ सय ८७ पुगेको छ । जसमा ५ हजार ४ सय ४४ महिला र ६ हजार ५ सय ४३ जना पुरुष रहेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणबाट २ जना कोरोना संक्रमित थपिएका छन् । २ जनामा पीसीआर परीक्षण गर्दा २ जनामा नै कोरोना पुष्टि भएको हो । जसमा माथागढी गाउँपालिका र बगनासकाली गाउँपालिकाका १/१ जना संक्रमित थपिएका हुन् । यस्तै एन्टिजेन परीक्षण गर्दा १ जनामा पनि संक्रमण देखिएको छैन । ७ जनामा एन्टिजेन परीक्षण गरिए पनि कुनैमा पनि संक्रमण नदेखिएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । जिल्लामा अहिलेसम्म २८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २७ जना होम आइसोलेसनमा रहेका छन् भने १ जनाको अस्पतालमा उपचार भइरहेको छ । यहाँ अहिलेसम्म कोरोनाका कारण २ सय ६६ जनाको मृत्यु भइसकेको छ । जसमा ८८ जना महिला र १ सय ७८ जना पुरुष रहेका छन् ।