जीवलाल सुवेदी
मानिस सामाजिक प्रणाी हो । उसका हरेक इच्छा, चाहना र समस्या हुने गर्दछन् । मानिसमा हरेक कुराहरुको समस्या हुन्छ । उसले ति समस्याहरुलाई समाजमा व्यक्त र देखाउने गर्छ । मानिसका समस्या व्यक्तिमा मात्र होइन संस्था र सिंगो समाजमा छ । एउटा विद्यालयमा पढ्ने विद्यार्थीले राम्रोसँग पढ्न पाएको छैन । शिक्षकले राम्रोसँग पढाउन सकेको छैन । प्राध्यापकले राम्रोसँग विद्यालय चलाउन सकेको छैन । विद्यालय व्यवस्थापन समितिको अध्यक्षले शिक्षक, कर्मचारीको व्यवस्थापन गर्न सकिरहेको छैन । हरेक अभिभावकहरुले आफ्नो बालबच्चा स्कुल पठाउन सकेका छैनन् । गाउँस्तरमा रहेका हेल्थ पोष्टका डाक्टरहरुले राम्रो उपचार दिन सकेका छैनन् । जसका कारण बिरामीले राम्रोसँग उपचार पाउन सकेका छैन् । हेल्थ पोष्ट छ तर डाक्टर छैनन् । कतै कर्मचारी र डाक्टर छन् तर भौतिक पूर्वधारका अभावमा राम्रो उपचार दिन सकिरहेका छैनन् । कसैको बिरामी विदा, कसैको सुत्केरी, कसैको घरमा वा आमा बिरामी, केहीले नियुक्ति लिन्छन् तर पढ्न भन्दै वेतलबी विदा बस्छन् । गाउँमा मान्छे बिरामी हुन्छ । हेल्थपोष्ट जान्छ रित्तै फर्किन्छ । फेरी उही प्राइभेट मेडिकलमा जान्छ । प्राइभेट मेडिकलमा डाक्टर हुन्छन्, हेल्थपोष्टमा हँुदैन यस्तो समस्या आम मानिसले भोग्नु परेको छ ।
वडा कार्यालयमा जन्म, मृत्यु दर्ता गर्न मानिसहरु पुग्छन् तर वडा कार्यालय बन्द छ । जान्छन् फर्किन्छन् । नागरिकताको सिफारिस तत्काल चाहिएर वडा अध्यक्षलाई सम्पर्क गर्छन् तर वडाअध्यक्ष फल्नो पार्टीको मिटिङमा । कर्मचारी भ्रमण गएका छन् । कार्यालय सहायक बस्छ । उ बाट केही पार लाग्दैैन । उसले भन्छ एक हप्ता पछि आउनुस् सर आउनु हुन्छ । ति फेरी १ हप्ता पछी पुग्दछन् तर पनि भेट्दैनन् । यस्तै गरी ग्रामिण क्षेत्रमा र शहरिया क्षेत्रका मानिसहरुमा छिटो काम नबन्दा धेरै काम रोकिन पुगेको छ । जनतन नागरिकता अन्य सिफारिस भए पनि नागरिकता बनाउन जिल्ला प्रकाशन कार्यालयमा उही चाला हुन्छ । एकै दिनमा बन्न सक्दैन । नागरिकताका तिथि, मिति, नाम, वैशाणु समेत ख्याल नगरी नागरिकता विगारिदिदा मानिसहरुले धेरैले हैरानी खेप्नु परेको छ । यहाँ पनि यस्तै हर्कत नै छ । बजारमा घर बनाएको छ, पानीको अभाव छ । बजारमा डेरा गरेर उच्च शिक्षा लिन बसेको छ । पकाएर खाने पानी छैन् । बोकेर खानु पर्छ । घरबेटीलाई जहिल्यै पानीको दुख । पानी कहिले काँही आउछ घरबेटीलाई नै ठिक्क हुन्छ । बेलामा पानी आएन खाना पकाउन ढिला भयो, अफिस जाने कलेज, जाने पढाउन जाने अन्य काममा जाने सबै पानीको समस्याले चारैतिर समस्यै समस्या यस्तो हर्कत छ ।
यसैगरी बजारमा घर छ, व्यवसाय छ, अफिस, कलेज, होटल, पत्रपत्रिका प्रकाशन यस्तै धेरै कामहरु झ्यापै रोकिन्छ । पत्रिका आज किन प्रकाशन भएन बिजुली नआएर, कोठामा जाँदा किन अध्यारो छ बिजुली नआएर । होटल होमस्टे किन अध्यारोमा छन्, बिजुली नआएर । किसानको बाली राम्रो किन भएन मलपानी नभएर । उत्पादित वस्तुले बजारमा मुल्य किन राम्रो पाएनन्? बिचौलियाले धेरै मुल्य बनाएर । १ के.जी टमाटर किसानसँग रु.२० मा खरिद गर्यो भने त्यही टमाटर रु.५० मा बिक्री गर्छ । उसको लागत रु.२० रुपैयाँ हो २० को कमाई ३० फाईदा लिन्छ । यस्तो अवस्था हुँदा किसानले मुल्य राम्रो पाउन सकेका छैनन् । १ लिटर भैसीको दुध किसानले रु.६० पाउछ भने बजारमा १ सय २० रुपैयाँ छ । ६० को लगानी ६० रुपैयाँ नै बढी फाईदा लिदा उपभोक्ता महंगीमा परेका छन् । यस्तै हर्कत छ हरेक क्षेत्रमा । बिचौलियाहरु मोटाउने, उत्पादन गर्नेहरु सधै मर्कामा नै पर्दछन् । यस्तै जग्गा पास गर्न जान्छन् । जो जग्गा बेच्ने छ उसलाई कि त ऋण लागेर बेच्छ कि त विदेश जानका लागि जग्गा बेच्नु परेको हुन्छ । भनेको मुल्य पर्दैन किन कि उसलाई पैसाको जरुरी छ । किन्ने र बेच्ने दुवै सहमतिको आधारमा त होला । मालपोत जग्गा पास गर्न जाँदा लेखाई खर्च, जग्गा पास खर्च उस्तै परे घुस खर्च, त्यसैमा दलाली गर्दा ति जग्गा बेच्न मानिस जहिले तल नै पर्दछ । आज भोली त जग्गाका दलालहरु उति नै निस्केका छन् । जग्गावालाले कहाँ पाउछन् । उचित मुल्य तै पनि मानिसहरु चित्त बुझाएर बसेका छन् । गत १०/१५ बर्षदेखि ग्रामिण क्षेत्रमा एनजीओ आइएनजीओ प्रशस्त मात्रामा छिरेका छन् । यिनीहरु समाजमा राम्रो बनाउने भन्दै छिरेका छन् तर त्यस्तो हुन सकेको छैन । खुरु–खुरु हलो कोदालो गरेर बसेका र खाएकालाई राम्रो तालिम भन्दै महिलालाई उत्थान गर्ने भन्दै महिलाका लागि तालिम भन्दै बैठक, सेमिनार, गोष्ठीमा बोलाउने मिठो खाना तलब भत्ता दिदा राम्रो खाने र हिड्ने डुल्न पाउँदा महिलाहरुले नै घरवार छोडेर हिडेको पनि कतिपय ठाउँमा देख्न पाईएको छ । राम्रोको लागि गर्दा नराम्रो र समाजमा नकारात्मक असर पनि परेको भेटाईन्छ । अहिले ग्रामिण क्षेत्रमा मानिसहरु नै बस्न छाडे । शहरमा सानो घर बनाउने सानो जागिर गर्ने थोरै खाने राम्रो लगाउने जस्ता कार्यमा मानिसहरु लागेको भेटाईन्छ । अझै पनि मानिसहरु बिग्रदै गएका छन् । किनभने विदेशीनुको कारण हो । नेपालमा निजामती कर्मचारी, सुरक्षा निकायहरुलाई समेत सास्ती छ । किनभने देश चलाउनेहरुले अनेक किसिमका झन्झटीला कामहरु ल्याई राख्दछन् । आफू–आफू नमिल्दा देशमा आन्दोलन, लडाई झगडा ल्याउँदा अफिस जाने र जनताका काम सहज ढंगबाट कर्मचारीले गर्न सकेका छैनन् । कहिले नेपाल बन्द, कहिले बजार बन्द, धेरै थरिका बन्दका काराण कर्मचारी मात्र होइन आम नागरिक र सुरक्षा निकाय सदैव आफ्नो काममा ढुक्कसँग गर्न सकेका छैनन् । यस्तै यस्तै कारणले गर्दा यो देशमा नत काम राम्रो हुन सकेको छ, नत विकास हुन सकेको छ, नत बालबच्चाले राम्रो शिक्षा लिन सकेका छन् । नत नागरिकले सुख शान्ति पाउन सकेका छन् । धेरै विचित्र हँुदै गएको छ ।
अझ हरेक क्षेत्रमा राजनीति । शिक्षा क्षेत्रमा समेत राजनीतिले गाँजेको छ । विद्यालय पढाउन हिडेको शिक्षक पार्टीको बैठकमा । यस्तो अवस्थाले विद्यालय शिक्षा कहिले सुधार हुने ? यस्तै–यस्तै अवस्था हँुदै जाँदा नत शिक्षा राम्रो छ, नत स्वास्थ्य नत सामाजिक सुधार । कही केही सफलता हुन सकेको छैन । यस्तो अवस्था किन हुन पुग्यो त ? राज्यको सही नीति र नियम नहुँदा यस्तो अवस्था सिर्जना भएको हो । अहिले कोरोना महामारीका कारण व्यापार, व्यवसाय चौपट छ । राज्यले व्यापार व्यवसायी गर्नेेहरुको पिरमर्का बुझ्न सकेको छैन् । उद्योग कल–कारखाना सबै बन्द छन् । पञ्चायती कालमा भएका अहिले बन्द नै छन् । मानिसहरु धेरै बेरोजगारी छन् । मानिसहरु नेपालमा बसेपनि विदेशकै सपना देख्ने गर्दछन् । यो हुनुको मुख्य कारण पनि बेरोजगारी हो । बेरोजगारी भएपछी मानिससँग आर्थिक समस्या हुन्छ । आर्थिक समस्याले गर्दा धेरै निराश हुन्छन् । लगाउन मन लागेको, खान मन लागेको, हिड्न मन लागेको स्थानमा घुम्न र हेर्न मानिसका इच्छा र चाहना हुन्छन् । त्यसै पनि मानिस सचेत प्राणी हो । हरेक काममा व्यस्त हुनुपर्नेमा व्यस्त छैनन् । व्यस्त काममा नभएपछी अरुका कुरा काट्ने बस्ने नचाहिने भिडियो बनाउने पोष्ट गर्ने गर्नाले समाजमा प्रत्यक्ष असर पर्ने गर्दछ । नेपालमा शिक्षा, स्वास्थ्य क्षेत्रदेखि खानेपानी भौतिक र अन्य क्षेत्रमा समेत संकट नै छ । मानिसहरु कामको ठेगाना नहुँदा विचल्लीत छन् । ग्रामिण क्षेत्र होस् वा शहरी क्षेत्र होस् जहाँ बस्ने समुदायका मानिसहरु आफ्नो काम सहज ढंगले नबन्दा र समस्याहरु समधान नहुँदा अक्क न बक्कमा छन् । समाज अहिले पनि एकले अर्कालाई हेप्ने सताउने प्रवृत्तिका कारण झन्–झन् समस्यामा जेलिदै आएको छ । हरेक तह र तप्काबाट जति पनि समस्याहरु छन् यसलाई सहज बनाउदै लैजाने मानिसले नै हो । तर मानविय प्रवृत्तिकै कारण यहाँ मानिसले समस्या भोग्नु परेको छ । मानिस सभ्य र सुसंस्कृत बन्न मानिस स्वयमले प्रवृत्तिमा परिवर्तन ल्याउन जरुरी छ । (लेखक प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य समेत हुन् ।)