पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २ जनामा संक्रमण पुष्टि भएको हो । २ जनाको पीसीआर परीक्षण गर्दा २ जनामा नै संक्रमण देखिएको छ । जसमा तिनाउ गाउँपालिका र बगनासकाली गाउँपालिकाका १/१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै पीसीआर परीक्षण गर्दा जिल्लामा अहिलेसम्म ६ हजार ९ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ हजार ८ सय ५ जना महिला र ४ हजार १ सय ८५ जना पुरुष रहेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा १ जनामा पनि संक्रमण देखिएको छैन ।
यस्तै पछिल्लो २४ घण्टामा १ जना संक्रमित संक्रमणमुक्त भएका छन् । जसमा रिब्दीकोट गाउँपालिकाका १ जना संक्रमित संक्रमणमुक्त भएको हो । स्वास्थ्य कार्यालयका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या १२ हजार १० पुगेको छ । जसमा महिला ५ हजार ४ सय ५७ महिला र ६ हजार ५ सय ५३ जना पुरुष रहेका छन् । जिल्लामा अहिलेसम्म १० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ९ जना होम आइसोलेसनमा रहेका छन् भने १ जनाको अस्पतालमा उपचार भइरहेको छ ।