Shittalpati
तानसेन १ मा एमालेको कमिटी गठन

पाल्पा, नेपाल कम्युनिष्ट पार्टी एमालेले तानसेन नगरपालिका १ मा विभिन्न टोल कमिटी गठन गरेको छ । एमालेले वडाको प्रगतिशिल आमटारी तल्लो गैरागाउ र बराङ्दीको नारायणडाँडामा टोल कमिटी गठन गरेको हो ।

प्रगतिशिल आमटारीमा टोल कमिटीकी संयोजक शिव कुमारी गाहाको अध्यक्षतामा बसेको भेलाले २५ सदस्यीय टोल कमिटी गठन गरेको छ । जसको अध्यक्षमा सिर्जना नेपाली,उपाध्यक्ष तारा बहादुर पोखरेल,सचिव निर्मला भट्टराई, सह–सचिव सरिता शाही, उप–सचिव सुरक्षा थापा रहेका छन् । भेलाले माधव विकको संयोजकत्वमा ५ जनाको सल्लाकार समिति समेत गठन गरेको वडा कमीटी सचिव जयराम सापकोटाले जानकारी दिए । यस्तै बराङ्दीको नारायणडाँडामा पनि टोल कमिटी गठन भएको छ । गीता बस्यालको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन भएको हो ।

जसको उपाध्यक्षमा खुम प्रसाद बस्याल,सचिवमा सीता बस्याल, सह–सचिवमा हुम प्रसाद बस्याल र उप–सचिवमा इन्द्रा बस्याल रहेका छन् । भेलाले गणेश बस्यालको संयोजकत्वमा ५ जनाको सल्लाकार समिति समेत गठन गरेको छ । कार्यक्रममा वडा इञ्चार्ज नन्दलाल भुसाल, हरिकृष्ण कार्की, खडानन्द न्यौपाने, शारदा विक र शशी श्रेष्ठ लगायतले आ–आफ्ना धारणा राखेका थिए । गोपी श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update