गुल्मी । संविधानमा कुनैपनि पदमा महिलाहरुको अनिवार्य व्यवस्था भएअनुसार कतिपय पदहरुमा महिलाहरु राख्ने गरेता पनि पछिल्लो समय यता केहि संस्थामा महिलाहरुले नै सञ्चालन गरेका छन् ।
संविधानले व्यवस्था गरेअनुसार बाहेक अन्य पदमा महिलाहरुलाई जिम्मेवार पदमा कमैलाई दिने गरेको पाइन्छ । तर गुल्मी जिल्लामा केहि संघ संस्थाहरु महिलाहरु अर्ग पदमा रहेर सञ्चालनमा आएका छन् । जिल्ला सदरमुकाम तम्घासमा रहेको एक विद्यालयमा महिला प्रधानाध्यापक भएर विद्यालय सञ्चालन गर्दै आएकी छन् । तम्घासस्थित उपल्लो तम्घास माध्यमिक विद्यालयमा महिला प्रधानाध्यापक पिड्ढी भुसाल महिला प्रधानाध्यापक भएर विद्यालय सञ्चालन गर्दै आएकी हुन् । उनी रेसुङ्गा नगरपालिकाभित्र रहेका माध्यमिक विद्यामलयहरुमा पहिलो र एक मात्र महिला प्रधानाध्यापक हुन् ।
नगरपालिका भित्र रहेका ४४ वटा आधारभूत र माध्यमिक विद्यालयमध्ये माध्यमिक तहको पहिलो महिला प्रधानाध्यापक भुसाल बनेकी हुन् । तत्कालिन प्रधानाध्यापक राममणी पन्थी लेखाजोखा समितिमा गएपछि गत पुस २० गतेदेखि भुसाल प्रधानाध्यापक बनेकी हुन् । झण्डै ६ वर्षे शिक्षण पेशा अनुभव समालेकी भुसाल जिल्ला सदरमुकाम तम्घास निवासी हुन् । उनी यसअघि तम्घासकै प्रतिष्ठित बोर्डि स्कूलमा अध्यापन गराउँदै आएकी थिइन् । ०७२ सालमा सरकारीतर्फ नाम निकाल्न सफल भएपछि उनी हाल यस विद्यालयमा अध्यापन गराउँदै आएकी छन् । आफ्नो यस कार्यकालमा शिक्षा क्षेत्रमा परिर्वतन ल्याउन भरपुर लागि पर्ने बताइन् ।
समाज परिर्वतनको अगं शिक्षा रहेकाले शिक्षाको ज्योतिलाई फैलान यस विद्यालयमा धेरै सुधारका योजनाहरु बनाएर लागि परेको प्रधानाध्यापक भुसालले बताइन् । स्थानीयस्तरबाट महायज्ञको आयोजना गरेर कृषितर्फ प्राविधिक तहको पनि पढाई अध्यापन गराउँदै आएको विद्यालयमा धेरै श्रोत साधानको कमी रहेको प्रधानाध्यापक भुसालले बताइन् । उक्त विद्यालय फरक क्षमता भएका विद्यार्थीहरुले पढ्ने गुल्मी जिल्लामै पहिलो र एकमात्र विद्यालय हो । जुन विद्यालयमा फरक क्षमता भएका विद्यार्थीहरु विद्यालयमै बसेर पढ्दै आएका छन् । तर ति विद्यार्थीहरुलाई अति आवश्यक पर्ने श्रोत साधानहरु कमी रहेका उनको भनाई छ ।
नगरपालिका भित्र हाल माध्यमिक तह १२ वटा, आधारभूत तर्फ २२ वटा विद्यालय रहेका छन् । त्यस्तै संस्थागततर्फ माध्यमिक तह ७ आधारभूत तह ३ रहेको रेसुङ्गा नगरपालिका शिक्षा युवा तथा खेलकुद शिक्षा अधिकृत उपसचिव रामप्रसाद पाण्डेले बताए । नगरपालिकाभित्र हाल ४६ वटा बाल बिकास कक्षाहरु रहेका छन् । नगरपालिकामा हाल आधारभूत तहमा ८ जना महिला प्रधानाध्यापक रहेका छन् । माध्यमिक तहमा प्रधानाध्यापक बाहेक १ जना मात्रै शिक्षिका रहेका छन् । नगरपालिकामा कुल शिक्षक मध्ये ४२ जना महिला शिक्षिकाहरु रहेका रेसु·ा नगरपालिका शिक्षा शाखाले जनाएको छ । कुल शिक्षकमध्ये झण्डै आधाको हाराहारीमा महिला शिक्षिकाहरुको संख्या रहेका छ । पछिल्लो समय यता महिला शिक्षिकाहरु बढ्दो क्रममा र जिम्मेवार पदमा रहेर कार्य गर्दै आएको रेसुङ्गा नगरपालिका शिक्षा युवा तथा खेलकुद शिक्षा अधिकृत उपसचिव पाण्डेको भनाई छ । –अनिल खत्रीबाट