पाल्पा, नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनामा संक्रमण देखिएको छ । ४ हजार ३ सय ४२ जनामा परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार देशभर २६ हजार ८ सय २२ पीसीआर परीक्षणमा १२ र १ हजार ५ सय २० एन्टिजेन परीक्षणमा ६ जनामा पोजिटिभ देखिएको छ । योसँगै पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको संख्या नौ लाख ७८ हजार ३ सय ९ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको संख्या एक लाख ४० हजार १ सय ५ रहेको छ ।
यस्तै पछिल्लो समय थप २ सय ७१ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ६४ हजार ३ सय ९८ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । शुक्रबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ६० रहेको छ । २४ घण्टामा २ सय ७१ जना निको भएका छन् । सोही अवधिमा ६४ हजार ३ सय ४७ जनाले खोप लगाएका छन् । त्यसैगरी पछिल्लो समय ६४ हजार ३ सय ४७ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय संक्रमितको संख्या एक हजार ९ सय ६० रहेको छ । अहिले होम आइसोलेशनमा एक हजार हजार ९ सय १६ रहेका छन् । त्यसैगरी संस्थागत आईसोलेसनमा ४४ आइसीयुमा २१ र भेन्टिलेटरमा दुई जनाले उपचार गराइरहेका छन् ।