Shittalpati
मृगौला पिडितलाई आर्थिक सहयोग

गुल्मी, मृगौला पिडित अनन्तबहादुर खत्रीलाई तम्घासका रेग्मी परिवारले आर्थिक सहयोग गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका –५ निवासी ३५ वर्षका मृगौला पिडित खत्रीलाई तम्घास निवासी हाल अष्ट्रेलियामा रहेका सोनम रेग्मी,
पुनम रेग्मीले ६० हजार र कमला रेग्मीले १८ हजार आर्थिक सहयोग गरेका हुन् ।

उपचारका लागि अस्पताल भर्ना भएका मृगौला पिडित खत्रीले उनले विभिन्न मिडियाबाट आफ्नो ज्यान जोगाई दिन सबैसँग सहयोगको याचना गरेका थिए । उनको आर्थिक अभावमा उपचार गर्न समस्या आएपछि परिवारले सबैसँग सहयोगको अपिल गरेका छन् । दुई वटै मृगौलाले काम गर्न छोडेपछी थलिएका खत्री बिगत २ महिनादेखि अस्पतालमा उपचारत छन् । मृगौला पिडित खत्रीको आर्थिक अवस्था साह्रै दयनिय भएको र उपचार खर्च महङ्गो भएका कारण थप उपचारको लागि आर्थिक सहयोगको याचना गरेका हुन् । मृगौला पिडित खत्रीसँग उनकी पत्नी र ३ जना नाबालक छोरा आश्रीत छन् । कमाउने र परिवारको भविश्य सुनिश्चित गर्ने बेलामा रोगले समातेपछि उनी अस्पतालको शैयामा जीवन मरणको दोसाधंमा छन् । उनले २ महिनादेखि भैरहवामा उपचार गराइरहेका छन् । गाडी चलाएर घरायसी दैनीकी चलाउँदै आएका खत्री बिरामी परेपछि अहिले परिवारमा नै समस्या उत्पन्न भएको छ । चिकित्सकले उनको नयाँ जीवनका लागि मृगौला प्रत्यारोपण नै गर्नुपर्ने भनेकाले उनको परिवार अहिले पैसाको खोजीमा भौतारिरहेको छन् ।

स्वास्थ्यमा थप जटिल्ता आउन नदिन प्रत्यारोपण छिटो गर्न सके राम्रो हुने डाक्टरको सल्लाह बमोजिम पिडितले सहयोगको हारगुहार गरेका हुन् । उपचारमा धेरै रकम लाग्ने भएपछि आर्थिक सहयोग जुटाउन परिवारलाई थप समस्या परेको छ ।

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update