Shittalpati
गुल्मीमा अक्सिजन प्लान्टको उद्घाटन

गुल्मी, गुल्मी अस्पतालमा निर्मित अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ । प्लान्टको पूर्व परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । प्लान्टको उद्घाटन गर्दै पूर्वमन्त्री ज्ञवालीले अक्सिन प्लान्ट कोभिडका लागि मात्रै नभएको बताए । उनले अन्य समयमा पनि विरामीलाई अक्सिजन अभाव हुन सक्ने हुँदा त्यसको पूर्व तयारीका लागि अक्सिजन प्लान्ट निर्माण भएको धारणा व्यक्त गरे ।

पूर्ववर्ती सरकारले नागरिकको स्वास्थ्य सेवाका लागि स्वास्थ्य बीमा र पालिका–पालिकामा आभारभूत स्वास्थ्य अस्पतालहरुलाई जोड दिएको नेता ज्ञवालीले उल्लेख गरे । गुल्मी अस्पतालमा पनि आफु सरकारमा रहँदा बजेट बिनियोजन गरी ५० बेडको अस्पताल निर्माणको कार्य भइरहेको उल्लेख गर्दै उनले केही समयपछि यस अस्पताल आधारभूत स्वास्थ्य सेवाका लागि प्रभावकारी गन्तव्य बन्ने उल्लेख गरे । अस्पतालमा करिब डेढ करोडको लागतमा प्रतिदिन एक सय सिलिन्डर अक्सिजन उत्पादन क्षमताको प्लान्ट सञ्चलनमा आएको छ । प्लान्टको अहिले दैनिक ४० वटा अक्सिजन सिलिन्डर उत्पादन क्षमता रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.उत्तम पच्चाले बताए । कोरोना महामारीमा संक्रमितको उपचारमा अक्सिजनको अभाव जिल्लामा नहोस् भनेर जिल्लाबाटै अक्सिजन उत्पादन गर्ने उद्देश्यले प्लान्ट निर्माण कार्य अगाडि बढाइएको थियो । अहिलेअस्पतालमा प्रतिदिन १० वटा अक्सिजन सिलिण्डर खपत हुन्छ । प्लान्ट निर्माणसँगै अस्पतालमा पनि अक्सिजनको निम्ति सहज भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.पच्चाले बताए । जिल्लामा अक्सिजन उत्पदानका निम्ति सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नागरिक र राज्यको लगानीमा जिल्लामा उदाहरणिय काम भएको नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याले बताए । नागरिक स्तरबाट चौरासी पुजाको खर्च कटाएर प्लान्ट निर्माणमा सहयोग गर्नेहरुको आज सपना पूरा भएको अर्यालले बताए । प्लान्ट निर्माणमा सहयोग गर्ने र गुल्मी अस्पतालमा उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेले बताए । अक्सिजन प्लान्ट निर्माणको लागि नेपाल सरकारबाट एक करोड र नेपाल पत्रकार महासंघको नेतृत्वमा जिल्ला स्थित सामाजिक संघ संस्था व्यक्तिहरुको सहयोगमा ५० लाख संकलन गरिएको थियो । गुल्मी अस्पतालमा राखिएको अक्सिजन प्लान्टको १ करोड ३४ लाखको लागत रहेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update