पाल्पा, नेपाली काँग्रेस क्षेत्र नं. १ पाल्पाले क्षेत्रीय संसदीय समिति गठन गरेको छ । काँग्रेस क्षेत्रीय समितिको ताहुँमा बसेको बैंठले प्रतिनिधी सभा क्षेत्रीय संसदीय समितिको गठन गरेको हो । बैंठकले क्षेत्रीय संसदीय समितिको सभापतिमा झमनबहादुर राज मगरलाई मनोनित गरेको छ । सभापति मगरले काँग्रेसको विधान २०१७ परिच्छेद ८ दफा ३१ (१) (क) बमोजिम १३ जना क्षेत्रीय संसदीय समिति मनोनित गरेका छन् । उनले ससंदीय समितिमा क्षेत्रीय सचिवहरु मधु पराजुली,कपिल खाँण ठकुरी, सदस्यहरुमा रामबहादुर राना, युवराज पौड्याल, दोवराज तिवारी, जगबहादुर दर्लामी, दिपक अर्याल, विष्णुबहादुर बोमरेल, तिलक बहादुर मल्ल, रुमकला राना, अमर गाहा, मनुमाया कुमाल र विजयराज घिमिरेलाई मनोनित गरेका छन् ।
यस्तै बैंठकले १७ सदस्यीय कार्यसम्पादन समिति पनि गठन गरेको छ । काँग्रेस क्षेत्र नं. एकले वडा तथा पालिकाहरुको सुझाव अनुसार अगाडि बढ्ने भएको छ । बैठकले आसन्न स्थानीय निर्वाचनका लागि वडाले पालिका तथा पलिकाहरुले क्षेत्रीय समितिमा चैत २५ गते भित्र छलफल गरी निर्णय दिनुपर्ने क्षेत्रीय सभापति झमनबहादुर राज मगरले बताए । निर्वाचनका लागि उम्मेदवारहरु चयन गर्न वडाबाट सिफारिस हुनुपर्ने तथा स्थानीयस्तरमा बसि सामाजिक कार्यमा सक्रियलाई प्राथमिकता दिने छलफल भएको बताईएको छ । समितिले वडा तथा पालिकास्तरबाट आएको रायबुझेर मात्र गठबन्धन गर्ने नगर्ने निक्यौल हुने जनाएको छ । आवश्यकता महशुस भएमा गठबन्धन गर्ने नभए कार्यकर्ताको मनोभावना अनुसान नै स्थानीय चुनावमा केन्द्रीत हुने निर्णय समितिले गरेको हो ।
बैंठकमा लुम्बिनी प्रदेश सभा सदस्य बिष्णुमाया ढकाल, नेपाली काँग्रेस पाल्पाका उपसभापति ज्ञानबहादुर गाहा, सचिव सन्तोष कुमार थापा, महासमिति सदस्य देवराज ढकाल, महाधिवेशन प्रतिनिधिहरु पुरुषोत्तम केसी, दानबहादुर पछाई, मुना राना, सीमा राना तथा प्रतिनिधी सभा क्षेत्र नं. १ का क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले आ–आफ्ना धारणा राखेका थिए ।