Shittalpati
कुनै पनि बहानाबाजी बनाएर स्वास्थ्य बिमा कार्यक्रम रोक्न मिल्दैन : काँग्रेस पाल्पा

पाल्पा, कुनै पनि बहानामा नेपाल सरकारले जनतालाई उपलब्ध गराएको सुविधा रोक्न नमिल्ने नेपाली काँग्रेस पाल्पाले जनाएको छ । नेपाली काँग्रेसका गगनकुमार थापा स्वास्थ्य मन्त्री भएको समयमा ल्याएको स्वास्थ्य बिमा कार्यक्रमलाई विभिन्न बहानामा कमजोर गराउने प्रयत्न भैरहेको भन्दै बहानाबाजी नगर्न र सहज रुपमा सेवा निरन्तर दिनु अहिले आवश्यक रहेको काँग्रेसको ठहर छ ।

नेपाली काँग्रेस जिल्ला सभापति हिमाल दत्त श्रेष्ठले स्वास्थ्य बिमा कार्यक्रम लागु भएका र कार्यान्वयन भएका अस्पतालहरुमा नियमित दाबी भुक्तानी गर्न आफूहरुले स्वास्थ्य बीमा बोर्डमा ध्यानाकर्षण गराएको बताए । काँग्रेस सभापति श्रेष्ठ भन्छन् ‘अस्पतालहरुले स्वास्थ्य बिमाको रकम उपलब्ध नभएको बहानामा जनतालाई सेवा नै नदिने घोषणा गर्न मिल्दैन । पार्टीको तर्फबाट हामीले प्रमुख जिल्ला अधिकारी तथा बिमा समितिसम्म कुराकानी गरिरहेका छौं । बक्यौता रकम पनि किस्ता किस्तामा प्राप्त भैरहेकै छ ।’

२०७३/०७४आर्थिक वर्षदेखिकै बक्यौता रहनुमा त्यस समयका सरकारको मुख्य जिम्मेवारी थियो र वर्तमान सरकार आईसकेपछि एक किस्ता रकम भने भुक्तानी गरेको छ । अब उपचार पनि निरन्तर दिने र बक्यौता रकम पनि निकाशा हुँदै जाने गरि व्यवस्थापन हुनु आवश्यक छ । यसमा काँंग्रेस पाल्पाको गम्भिर ध्यानाकर्षण भएको छ, जनताले सेवा पाउनु नैसर्गिक अधिकार हो’ सभापति श्रेष्ठले भने ।
‘स्वास्थ्य बिमाबाट जनताले सहज उपचार सेवा प्राप्त गरिरहेका छन् । नेपाल सरकार अन्तर्गतका अस्पताल तथा अन्य अस्पतालहरुले सेवाको प्रभावकारिताका विषयमा ध्यान दिनुपर्छ । राज्यको दायित्वअन्तर्गत रहेको स्वास्थ्य बिमा कार्यक्रम नियमित गर्न नसकिने विषय प्रति हामी गम्भिर छौं,’ श्रेष्ठले भने । स्वास्थ्यजस्तो गम्भीर र संवेदनशिल विषयमा जिल्लाका सरोकारवालाहरु सबै गम्भिर बन्नु आवश्यक छ ।

गत शुक्रबार युनाइटेड मिसन अस्पताल पाल्पाले सरकारले स्वास्थ्य बिमाका बिरामीको उपचार खर्च वापत उपलब्ध गराउनुपर्ने १२ करोड ७ लाख ३७ हजार ५ सय ८७ बक्यौता रकम वैशाख ५ गतेसम्मउ पलब्ध नगराए ६ गतेदेखी सेवा कटौतीगर्ने भन्दै पत्रकार सम्मेलन गरेको थियो ।

 

प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update