पाल्पा,नेपाली काँग्रेसले सञ्चालन गरेको ‘घर घर जाऔं काँग्रेसलाई जिताऔं’ अभियान अन्तर्गतको कार्यक्रम पूर्वखोला गाउँपालिका २ तल्लो झिरुदीमा भएको छ । नेपाली काँग्रेस पूर्वखोला गाउँपालिका २ को आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले स्थानीयस्तरमा आर्थिक विकास र समृद्धिको लहर ल्याउन स्थानीय तहको निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेका छन् । उनीहरुले विकास र समृद्धि काँग्रेसको नेतृत्वमा मात्र हुन सक्ने भन्दै काँग्रेसका उम्मेदवारलाई विजयी बनाउन मतदाताहरुलाई अनुरोध गरे । कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं १ का क्षेत्रीय सभापति झमन बहादुर राज मगरले आगामी निर्वाचनमा वडामा नेपाली काँग्रेसको उम्मेद्वारलाई विजयी बनाउन भातृ संघ संगठन , नेपाली काँग्रेसमा आस्थावान नेता कार्यकर्ता सक्रिए भएर लाग्न आग्रह गरे । उनले जनताले बहुमत दिएर नेकपा एमालेलाई सरकार सञ्चालन गर्न जिम्मेवारी दिए पनि नसकेको प्रति लक्षित गर्दै स्थानीय तहमा पनि त्यही हालत हुने बताए ।
कार्यक्रममा महाधिवेसन प्रतिनिधि दानबहादुर पछाई,प्रदेश महाधिवेसन प्रतिनिधि अनिरुद्र खनाल,पदम बहादुर थापा, निर बहादुर सारु लगायतले देशको हरेक परिवर्तन र विकासका लागि नेपाली काँग्रेस विना सम्भव नभएको भन्दै वडाको विकासका लागि भए पनि नेपाली काँग्रेसका उम्मेद्वारलाई विजयी बनाउनु पर्नेमा जोड दिए । सोही अवसरमा पार्टीमा योगदान गरेका व्यक्तिहरुलाई समेत सम्मान गरिएको छ । वडा सभापति रनबहादुर राखलको अध्यक्षता, प्रदेश (ख) का सचिव निलकण्ठ देवकोटाको सञ्चालनमा कार्यक्रम भएको थियो । डेस्क न्यूज