Shittalpati
गुल्मीको मालिकामा गठबन्धन

गुल्मी, जिल्लाको मालिका गाउँपालिकामा गठबन्धन गरिने भएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मालिकामा एमाले विरुद्ध गठबन्धन गरिने भएको हो । यहाँ सरकारमा सहभागी दलले संयुक्त चुनाव लड्ने गरी कार्यदल गठन गरेका छन् । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता देविराम अर्यालले अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी भएको छ ।

माओवादी केन्द्रलाई गाउँपालिका अध्यक्षसहित दुई वटा वडा र नेपाली काँग्रेसलाई गाउँपालिका उपाध्यक्षसहित ६ वटा वडा दिने गठबन्धनको बैठकले निर्णय गरेको छ । माओवादीलाई वडा ३ ह्वादी, वडा ८ मर्भुङ र काँग्रेसलाई वडा १ नेटा, २ दर्लिङ, ४ अर्खावाङ, ५ छापहिले, ६ अर्जे र ७ घमिरबाट उम्मेदवारी दिने निर्णय भएको जनाइएको छ । गठबन्धनले उपाध्यक्ष र वडा अध्ययक्षको उम्मेदवारको टुंगो भने लगाएको छैन् । सरकारमा सहभागी दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चाले चुनावी गठबन्धन गरेका हुन् । यहाँ प्रमुख तीन दल एमाले, काँग्रेस र माओवादी केन्द्र क्रियाशिल छन् । मालिका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष सहित सात वटा वडा एमालेले जितेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update