पाल्पा, स्थानीय तहको चुनाव नजिकिएसँगै पाल्पामा काँग्रेस प्रवेश गर्ने क्रम बढेको छ । कम्युनिष्ट पार्टीका गतिविधिहरुबाट असन्तुष्ट जनाउँदै काँग्रेस प्रवेश गर्ने क्रम बढेको हो ।
विहीबार पनि जिल्लाको बगनासकालीका दुई जना एमाले परित्याग गरी काँग्रेसमा प्रवेश गरेका छन् । बगनासकाली गाउँपालिका यम्घाकी मालती विक र बगनासकाली– ३ आफरकी पूर्णिमा विक एमालेका गतिविधिहरुबाट असन्तुष्टि जनाउँदै काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेसका प्रवक्ता शोभाकर न्यौपानेले जानकारी दिए ।
उनीहरुलाई एक कार्यक्रमका बिच नेपाली काँग्रेसका जिल्ला उप सभापति झपेन्द्र गहिरेले सदस्यता प्रदान गरेका छन् । सदस्यता प्रदान गर्दै उपसभापति गहिरेले एमालेका गतिविधिहरुबाट आमनागरिक आजित भइसेकाले काँग्रेसमा प्रवेश गर्ने बढेको बताए । उनले गरिब र विपन्नको पार्टी नेपाली काँग्रेस मात्र भएकाले आमनागरिकले ढिलै भए पनि काँग्रेस बुझ्ने गरेको धारणा व्यक्त गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेश समितिका सदस्य कृष्ण अधिकारी, पार्टी सचिव सुनिता अधिकारी, प्रवक्ता शोभाकर न्यौपाने ,प्रतिनिधि सभा क्षेत्र नं १ क का सभापति लक्ष्मी अधिकारी, दलित संघका जिल्ला उप सभापति दिनेश गन्धर्व,नेपाल महिला संघका जिल्ला उपसभापति मिना पन्थी लगायतले नवप्रवेशीहरुलाई काँग्रेसमा स्वागत गरेका छन् ।