Shittalpati
तानसेनमा वाइसीएलको नगर कमिटी गठन

तानसेन, तानसेनमा वाइसीयएल नगर कमिटी गठन गरिएको छ । योङ् कम्युनिष्ट लिग नेपाल तानसेनको भेलाले नविन घिमिरेको अध्यक्षतामा ५१ सदस्यीय वाइसीएल नगर कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा मनिष रावल, चेतन फाल मगर, सचिवमा सुरेश बिष्ट, सहसचिवमा मीन अर्घाली र कोषाध्क्षमा महेश कार्की रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला सह–इन्चार्ज अनिल किशोर घिमिरेले माओबादी आन्दोलनको परिवर्तनलाई संस्थागत गर्न सबै युवाहरु एकजुट हुनुपर्ने बताए । उनले आगामी निर्वाचनमा माओवादीलाई विजयी बनाएर देशमा विकास, स्थिरताको लागि गाउँदेखि केन्द्रसम्म माओवादी केन्द्रको सरकार बन्नुपर्ने बताए । माओवादीको नीति अरु दलको नेतृत्व भएका कारण नेपालमा राजनीतिक, सामाजिक अस्थिरता हुनुको साथै आर्थिक विकासमा पछाडी परेको बताउँदै घिमिरेले जसको नीति उसैको नेतृत्वको लागि माओवादी केन्द्रलाई आगामी निर्वाचनमा विजयी बनाउनुपर्ने जोड दिए । कार्यक्रममा जिल्ला संयोजक नेत्र पाण्डे, प्रदेश सदस्य मथुरा ढकाल, युवराज थापा लगायले माओवादी केन्द्रमा सबै दलहरु गोलबन्द हुनुपर्ने बताए । गोकुल पौडेलको अध्यक्षता, धनेन्द्र घिमिरेको स्वागत र उमा विकले सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update