Shittalpati
पाल्पामा टाइफाइड खोप अभियान उत्साहजनक

पाल्पा, जिल्लामा सञ्चालन भएको टाइफाइडविरुद्धको खोप अभियान उत्साहजन देखिएको छ । प्रत्येक स्थानीय तहको वडा–वडामा भएको खोप अभियानमा उत्साहजनक रुपमा सहभागिता देखिएको हो ।

चैत २३ गतेदेखि सञ्चालन भएको खोप अभियानमा शनिबारसम्ममा ६० प्रतिशत बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाएको खोप संयोजक विश्व न्यौपानेले बताए । जिल्लाका दशवटै स्थानीय तहमा अहिले खोप अभियान सञ्चालन भइरहेको छ । बगनासकाली गाउँपालिका र तिनाउ गाउँपालिकामा बाहेक अन्य पालिकामा चैत २३ गतेदेखि अभियान सञ्चालन भएको हो । बगनासकाली र तिनाउमा शुक्रबारदेखि सञ्चालन भएको छ । अभियानमा १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइड बिरुद्धको खोप लगाइएको छ ।

अभियानमा पाल्पाका ७१ हजार ५ सय ५१ जना बाबालिकाले खोप लगाउने छन् । जिल्लाका ७ सय ८० वटा खोप केन्द्रबाट खोप दिइएको छ । खोप दिनका लागि जिल्लामा १ सय ८१ जना स्वास्थ्यकर्मी, ६ सय २२ जना स्वास्थ्य स्वयमसेवीका, ४ सय ५३ जना शिक्षक, शिक्षिकका, एक हजार ७५ जना स्वयसेवक र ८१ जना स्थानीय सुपरिवेक्षक खटिएका छन् ।

प्रकाशित मिति: आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update