Shittalpati
गुल्मी काँग्रेसको संसदीय बोर्ड गठन

गुल्मी, नेपाली काँग्रेस गुल्मीले संसदीय बोर्डको गठन गरेको छ । सभापति खिलध्वज पन्थीको अध्यक्षतामा बसेको बैठकले पार्टीको विधान अनुसार गुल्मी काँग्रेसको संसदीय बोर्डको गठन गर्ने निर्णय बमोजिम बोर्ड गठन भएको हो ।

गठित संसदीय बोर्डमा जिल्ला सभापति खिलध्वज पन्थी, उप–सभापति अनन्तराम पौडेल र शिव बहादुर खत्री, सचिव भगत सिंह खड्का र जगदीश भट्टराई, सह–सचिव छविलाल पाण्डेय र धर्मराज पाण्डेय, सदस्यहरु वेद बहादुर थापा, धातानान्द भण्डारी, ईश्वरी परियार, हेमन्ता अर्याल, प्रेम भण्डारी रहेका सभापति पन्थीले जानकारी दिए ।

त्यस्तै बैठकले अनुशासन समिति समेत गठन गरेको छ । जिल्ला कार्यसमितिका सचिव भगत सिंह खड्काको संयोजकत्वमा तीन सदस्यीय अनुशासन समिति गठन गरेको हो । जसमा सदस्यहरु उदय बहादुर थापा, हिरा थापा रहेका छन् । सल्लाहकार समिति पनि गठन गरिएको सभापति पन्थीले जानकारी दिए । सल्लाहकार समितिमा नेपाली काँग्रेस लुम्बिनी प्रदेश उप–सभापति भुवनप्रसाद श्रेष्ठ, पूर्व जिल्ला सभापति त्रैलोक्य प्रताप सेन, सुरेशचन्द्र भुसाल, राजेन्द्र प्रसाद पन्त, नेता रवि ज्ञवाली र शालिक पन्थी रहेका छन् । बैठकबाट सभापति पन्थीले पार्टीको विधान अनुसार श्रीप्रसाद भलामी, हरि बहादुर खत्री र प्रेम भण्डारीलाई जिल्ला सदस्यमा मनोनित गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update