पाल्पाको बगनासकाली गाउँपालिकामा ९ वटा वडा छन् । जसमध्ये वडा ९ चापपानी एक हो । गाउँपालिका भित्रका वडा मध्ये कै उत्कृष्ट वडा हो चापपानी । जसको नेतृत्व नेपाली काँगेसबाट निर्वाचित ठानेश्वर तिमिल्सीनाले गरेका छन् । पाँच वर्षअघि उनी निर्वाचित भएर आउँदा प्रशासनिक संरचना थिएन । कार्यालय सञ्चालनका लागि न त भौतिक पूर्वाधार थियो, न त पर्याप्त जनशक्ति नै । कानुनको अभावमा अघि बढ्ने बाटो अवरुद्ध थियो । नागरिकका चुलिएका आकांक्षा पूरा गर्नुपर्ने चुनौती थियो । संविधानले सेवा प्रवाहको प्रमुख जिम्मेवारी स्थानीय र वडातहलाई दिएकाले त्यसलाई व्यवहारमा स्थापित गर्नु थियो । यी बाधालाई पन्छाउँदै अगाडि बढेका अध्यक्ष तिमिल्सीना अहिले नागरिकले अपनत्व महशुस गर्ने ठाउँमा आइपुगेका छन् । अहिले उनको कामप्रति स्थानीयस्तरमा सराहना पनि भइरहेको छ । उनकै कारण पटक पटक गाउँपालिकाबाट वडा सम्मानित समेत भएको छ । अहिले कार्यकाल सकिनै लाग्दा स्थानीय तहको वडा अध्यक्षको रूपमा रहेर काम गर्दाको अनुभव, समीक्षा,समस्या र आगामी योजनाका बारेमा वडा अध्यक्ष ठानेश्वर तिमिल्सीनासंग नवजनचेतना दैनिकका उपसम्पादक रामचन्द्र रायमाझीले गरेको कुराकानीको संपादीत अंश :
निर्वाचित भएर आएको पनि पाँच वर्ष बित्न लाग्यो, कार्य अनुभव कस्तो रह्यो ?
– समग्रमा हेर्दा म सन्तोषजनक नै भएको महशुस गरेको छु । अन्तिम वर्षमा आइपुग्दा आफुले गरेका कामहरुलाई पछाडी फर्केर हेर्दा विल्कुलै सन्तोषजनक लाग्छ । हामीले पालिकाको पहिलो वर्षलाई सिकाइको वर्ष र दोस्रो वर्षपछि कार्यान्वयनका वर्षहरू भनेर जसरी घोषणा गरेका थियौं, स्वभाविक रूपमा पहिलो वर्ष त हामीले ऐन कानुनका विषयहरू बनाउने र माथिबाट पठाइएका कानूनहरू हेरेर कार्यान्वयन गर्यौं । यसरी हेर्दा अनुभव राम्रै रह्यो ।
जनतासँग गरेका प्रतिवद्धता कति हदसम्म पूरा भए जस्तो लाग्छ ?
– जनतासँग जुन किसिमको प्रतिवद्धताका साथ हामी निर्वाचनमा गएका थियौं । त्यस पश्चात निर्वाचन परिणाम सुखद् साथ विजयी हासिल गर्न सफल भएका थियौं । हामी जनतासँग भनेका थियौं, हामी तपाईका बस्तीमा रहेका पिछडिएका, अल्पसंख्याक नागरिकहरुका लागि आयआर्जनका कार्यक्रमहरु अगाडि बढाउँछौ, दुरदराजमा रहेका बाटोहरुको समस्या थियो, त्यो हामी पुरा गर्छौ, सिंचाइ र कूलो भएका बस्तीमा यातायातको समस्या थियो, जसका कारण थुपै उर्वरभूमि बाँझै भएका थिए । हामीले ति बाँझा जमिनलाई उर्वर भूमिमा परिणत गछौं भनेका थियौं । कयौं घर आगन सुख्खा थिए, शुद्ध पिउने पानीको अभाव थियो, हामी तपाईलाई एक घर एक धारा अभियान ल्याएर पानी खुवाउँछौं भनेका थियौं, यस्तै घर गाउँमै प्राविधिक शिक्षालय स्थापना गरेर प्राविधिक शिक्षा दिन्छौं भनेका थियौं, स्वास्थ्य चौकीको स्तरन्नोति गरी वडास्तरबाटै ल्यावसहितको सुविधा सम्पन्न स्वास्थ्य सेवा दिन्छौं भनेका थियौ, सर्वसुलभ तरिकाबाट एम्वुलेन्स सेवा दिन्छौ भनेर हामा बाचा र बन्धनहरु जनता समक्ष राखेका थियौं । यद्यपी म अन्तिम वर्षमा आइपुग्दा हामीले गरेका बाचाहरु, घोषणा पत्रमा भनिएका कुराहरु पूरा गरे जस्तो लाग्छ ।
गर्न खोजेर पनि पूरा नभएका विकासका योजना केही छन् ?
– खासमा विकासका चरण र प्रवृत्तिहरू क्रमशः बुझ्दै सिक्दै जाने कुरा रहेछन् । हामीले गर्नैपर्ने र खोजेका काम त गरेकै छौं तर सन्तुष्टी भन्ने कुरामा यो नहुने रहेछ । केही केही योजनाहरु पुरा गर्न सकिएको छैन । बस्तीमा खनिएका सडकहरु धुलाम्य छन् । तिनीहरुलाई कालोपत्रे गरी स्तरन्नोति गर्नुपर्ने हो, समय र बजेट अभावका कारण पर्याप्त मात्र गर्न नसकिएको हो । यद्यपी नगरिएको पनि होइन । केही किलोमिटर सडक, पक्की गयौं, केही सडक ढलान गयौं, तर अझै सोचे जस्तो रुपमा हुनसकेको छैन । गुणस्तरी स्वास्थ्य सेवा, आयआर्जनका लागि व्यवसायिक मूलक कृषिमा जनतालाई रुपान्तरण गरेर लैजानुपर्ने हो त्यसमा सोचेजस्तो अनुरुप गर्न नसकिएको महशुस मलाई अहिले लागेको छ ।
काम गर्ने दौरानमा कस्ता खालका समस्या आए ?
– नयाँ संघीय संरचनामा स्थानीय तह रहेको र पहिलो जनपतिनिधि भएको हुँदा अनुभवको कमी अवश्य पनि थियो । यद्यपी हामी अध्ययनशिल भएका कारण कानुनी अड्चन हामीमा देखिएनन् तर पनि केही व्यवहारिक तहमा योजनाहरु सञ्चालन गर्ने सन्दर्भमा उपभोक्ता समिति गठन गरेर सानातिना योजनाहरु वस्तीमा लगेर सम्पन्न गर्ने सन्दर्भमा कतिपय चुनौती पनि थिए । अन्नतः सम्पूर्ण वाडवासीको सहयोगका कारण हामी सफल भएको जस्तो लाग्छ । तर त्यति ठूलो मेरो कार्यकालमा समस्या भएन, । एउटा कुरा त मलाई के खुसी लागेको छ भने स्थानीय तहका निमुखा, विपन्न, जनजाती, अल्पसंख्याक, पीछाडिएका नागरिकहरु हुनुहन्छ । उहाँहरुबाट मलाई निकै नै ठूलो सहयोग मिल्यो । उत्साहजनक रुपमा जनताको सहयोग कारण मलाई विकास योजना निर्माणमा त्यति चुनौती भए जस्तो लाग्दैन ।
यस वडाका नागरिकको आर्थिक सामाजिक अवस्था कस्तो छ ?
– समग्रमा भन्नुपर्दा वडाका नागरिकहरुको अवस्था मध्यमस्तरको देखिन्छ । आर्थिक अवस्था दयानीय नै देखिन्छ । बगनास क्षेत्रका नागरिकहरु विपन्न वर्गका हुनुहुन्छ । जो दैनिक ज्यालादारी गरी जिविकोपार्न गर्ने अवस्था छ । उहाँहरुलाई कृषिमा व्यवसायिकरण गरेर आयआर्जनमा लैजानुपर्ने हो । हामी त्यसमा अझै सफल भए जस्तो मलाई लाग्दैन । यद्यपी केही नगरेको पनि हैन । हामी कृषिलाई व्यवसायी बनाउने बाटोमा धेरै काम गरिसकेका छौं । छिट्टै विपन्न बस्तीका नागरिकलाई आयआर्जनमा जोड्ने प्रयत्न गरेका छौं । हामी केही नागरिकलाई उद्यमशीलसँग जोड्ने काम गरेका छौं । जस्तो चप्पल बनाउने, घरेलु औजार बनाउने, कुटिर उद्योग सञ्चालन गर्ने काममा नागरिकहरु लाग्नुभएको छ । यसलाई हामीले उच्च प्राथमिकताका साथ अगाडि बढाएका छौं । यस्तै ऐतिहासिक बगनासे साँचोलाई उच्च मूल्याड्ढनका साथ सफल बनाउनुपर्छ भन्ने दिशामा हामी लागेको अवस्था छ । अनि कतिपय बाख्रापालन, पशुपालन, कुखुरा पालनाबाट जीवन सार्थक बनाउन सकिन्छ भन्ने कुरामा हामी कृषकहरुलाई प्रेरित गरेका छौं । निकट भविष्यमा पनि यसलाई प्राथमिकताका साथ हेर्नुपर्ने देख्छु म ।
धेरै समयपछि जनप्रतिनिधि आएसँगै जनताले कस्तो प्रतिक्रिया दिएका छन् ?
–हो, वास्तवमा यहाँका जनताले के महशुस गर्नु भएको छ भने संघीय सरकार ,प्रदेश सरकारभन्दा पनि स्थानीय सरकारको भूमिका अनिवार्य रहेछ । अहिलेको वडाबाटै सबै काम हुने तथा झन्झटिलो नहुने, सिधा जनप्रतिनिधिसँग आउन पाउने व्यवस्थाले धेरै सजिलो भयो । विकासका दृष्टिले पनि प्रत्यक्ष कुराकानी गर्न पाइने, बजेट नपुगे जनसहभागिताका कुरासँगै बसेर गर्न पाइने भएकाले अहिले जनताले राहत महशुस गरेको बताएका छन् ।
गर्व लाग्दो काम के गर्नु भयो ?
– जब हामी वडामा निर्वाचित भएर जाँदै गर्दा जताततै थत्रतत्र ढलेका, जिर्ण अवस्थामा रहेका काठका पोलहरु अस्तव्यस्त थिए । लगभग तिनीहरुलाई हामीले फेजआउट गरिसकेको अवस्था छ । हामी स्टील पोलबाट गुणस्तरीय तरिकाबाट विद्युतीय सेवा दिएका छौं । यसको सँगसँगै स्वास्थ्य सेवा समेत अस्तव्यस्त थियो । स्वास्थ्यचौकीलाई स्तरन्नोति गरी ल्याव सहितको स्वास्थ्य सेवा र सर्वसुलभ एमबुलेन्स सेवा दिई गुणस्तरीय स्वास्थ्य सेवा दिन सफल भएका छौं । यस्तै आम नागरिकलाई स्वच्छ पिउने पानी उपलब्ध गराउने गरी एक घर एक धारा अभियान सञ्चालन गरेर अन्तिम चरणमा पुगेका छौं । यससँगसँगै गर्व लाग्दो अर्को काम के गरेका छौं भने हामी चन्द्र माविलाई प्राविधिक धारको शिक्षा सञ्चालन गर्ने विद्यायको रुपमा अगाडि बाएका छौं । अहिले त्यहाँ सिभिल इञ्जीनियरिङ्गका कक्षाहरु सञ्चालन भएका छन् । त्यसमा दुर्गम गाउँका बालबालिकाहरुले सुलभ तरिकाले घरआगनबाटै प्राविधिक शिक्षा पाउने अवसर पदान गर्न सफल भएका छन् । यद्यपी यसका सँगसँगै बस्ती विकासका लागि सडक यातयातलाई विशेष ध्यान दिएका थियौं । पत्येक टोलमा अहिले सडक पुगेको छ भने ९० प्रतिशत नागरिकको घर आगनमा मोटरसाईकल जाने बाटो छ, ८० प्रतिशत जनताको बाँझो रहेका खेतीयोग्य जमिनमा सडक पुर्याएर उत्पादनशील जमिनमा परिणत गर्न सफल भएका छौं । समगमा हेर्दा यिनलाई मैले गर्व लाग्दो कामका रुपमा लिएको छु ।
के यहाँ गाउँपालिका अध्यक्ष बन्ने सोंचमा हुनु हुन्छ ?
– विल्कुलै । जनप्रतिनिधिको हैसियतले आंकाक्षा राख्नु स्वभाविक नै हो । यद्यपी मेरो पार्टी र नागरिकको चाहाना अनुसार यति म गाउँपालिकाको अध्यक्ष बन्ने अवसर पाए भने समग्र बगनासकालीको विकासका लागि मोडालिटी तय गरी मुहार फेर्न सक्ने छु । जबसम्म बाँझो जग्गालाई हराभरा बनाएर अगाडि बढाउन सक्दैनौ, जो बेरोजगार भएका युवाहरुलाई रोजगारको वातावरण सिर्जना गर्न सक्दैनौं, निर्वामुखी कृषि व्यवसायीलाई व्यवसायीमुखी बनाउन सक्दैनौ तबसम्म हाम्रो उन्नती र प्रगति भएको म देख्दैन । त्यसकारण हरेक किसिमका आयआर्जनको क्षेत्रमा लगानी गरेर बगनासकालीलाई नमूना पालिकाको रुपमा विकास गर्नुपर्ने हुन्छ । यसमा शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, विद्युत लगायत हरेक क्षेत्रका विकास पूर्वाधारहरु उत्तिकै महत्वपूर्ण रहेता पनि प्राथमिकताको आधारमा विकास गरेर अगाडि बढ्नुपर्ने मैले देखेको छु । यस्तैगरी बगनासकाली नमूना पर्यटकीय स्थल पनि हो । यहाँ थुप्रै पर्यटकीय तथा धार्मिक स्थलहरु छन् । यसको गुणात्मक विकास गर्नुपर्ने देखिन्छ । हामी कहाँ नदीजन्य पदार्थ रहेका छन् उनीहरुको उचित व्यवस्थापन गरेर आम्दानीको स्रोत बढाउन सकिन्छ । यसँसगै नागरिकलाई करमात्र थुपारेर हुन्न नागरिकहरुको आयआर्जन सुधार गर्न आम्दनीका यि स्रोतहरुको पहिचान गरी नागरिकको जीवनस्तर सुधार्न ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ ।
अन्तिममा के भन्नुहुन्छ ?
– समग्रमा ठिक छ । यति पालिकाको जिम्मेवारी पदमा नागरिक र सिंगो पार्टीले विश्वासका साथ मलाई अगाडि सार्नु भयो भने मैले वडामा गरेको कामको अनुभवका आधारमा यि भए, बोले गरेका बाचाहरु पूरा गर्ने र सिंगो बनासकालीको मुहान फेर्नका निम्ति प्रतिवद्धता रहने छु । साथै तपाई र तपाईको सञ्चार माध्यमलाई वडा कार्यालय तथा मेरो व्यक्तिगत तर्फबाट विशेष धन्यवाद !