Shittalpati
पाल्पामा ८४ प्रतिशत बालबालिकाले लगाए खोप

पाल्पा, जिल्लामा ८४ प्रतिशत बालबालिकाहरुले टाइफाइड विरुद्धको खोप लगाएका छन् । चैत २३ गतेदेखि सञ्चालन भएको खोप अभियानमा मंगलबार सम्ममा ८४.६६ प्रतिशत बालबालिकाहरुले टाइफाइड विरुद्धकोे खोप लगाएका हुन् ।

स्वास्थ्य कार्यालय पाल्पाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ६० हजार १ सय ८२ जना बालालिकाले खोप लगाएका छन् । चैत २९ गतेसम्म तानसेन नगरपालिकामा ८२.५१ प्रतिशत, रामपुर नगरपालिकामा ८४.२५ प्रतिशत, तिनाउ गाउँपालिकामा ७९.०२ प्रतिशत, रम्भा गाउँपालिकामा ९०.७२ प्रतिशत, निस्दी गाउपालिकामा ९५.३८प्रतिशत, माथागढी गाउँपालिकामा ८०.१३ प्रतिशत, रैनादेवि छहरा गाउँपालिकामा ८४.७० प्रतिशत, बगनासकाली गाउँपालिकामा ८३.२२ प्रतिशत, पूर्वखोला गाउँपालिकामा ९९.६३ प्रतिशत र रिब्दीकोट गाउँपालिकामा ७४.९० प्रतिशत बालबालिका खोपमा सहभागी भएका छन् ।

अभियानमा पाल्पाका ७१ हजार ५ सय ५१ जना बाबालिकाले खोप लगाउने छन् । जिल्लाका ७ सय ८० वटा खोप केन्द्रबाट खोप दिइएको छ । खोप दिनका लागि जिल्लामा १ सय ८१ जना स्वास्थ्यकर्मी, ६ सय २२ जना स्वास्थ्य स्वयमसेवीका, ४ सय ५३ जना शिक्षक, शिक्षिकका, एक हजार ७५ जना स्वयसेवक र ८१ जना स्थानीय सुपरिवेक्षक खटिएका छन् ।

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update