पाल्पा,नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट तानसेन नगरपालिका वडा नं. ५ मा निर्वाचित वडा अध्यक्ष राम बहादुर रावल माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
एमाले लुम्बिनी प्रदेश सदस्य समेत रहेका रावललाई माओवादी केन्द्रका जिल्ला संयोजक नेत्र प्रसाद पाण्डेय, प्रदेश सांसद तुलाराम घर्ती, केन्द्रीय सदस्य अनिल किशोर घिमिरे लगायतका नेताहरुले पार्टीमा स्वागत गरेका छन् ।
माओवादी प्रवेश गरेपछि रावलले नेकपा एमालेका पछिल्ला गतिविधिहरु सन्तोषजन नरहेको भन्दै माओवादी केन्द्रमा प्रवेश गरेको बताए । उनले माओवादी जिताउन लागि पर्ने धारणा राखे । रावलले जिल्लामा एमालेलाई बलियो बनाउन आफु लागे पनि पार्टी स्वच्छेचारी, व्यक्तिवादी र चरम गुटबन्दीमा लागेको बताए । उनले भने,‘अब माओवादीका उम्मेदवार र सिंगो टीमलाई जिताउन आजको दिनबाट लागिपर्छु ।’
पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका जिल्ला संयोजक नेत्र प्रसाद पाण्डेयले माओवादी जिताउन रावलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले समाज रुपान्तरणको अभियानमा रावल हातेमालो गर्न आएको बताउँदै उनलाई पार्टीले उचित जिम्मेवारी प्रदान गर्ने समेत बताए । रावलसहितका केही नेता कार्यकर्ताहरु समेत विद्रोह गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।