Shittalpati
पाल्पामा नेकपा माओवादी केन्द्रले लगायो उम्मेदवारको टुँगो

पाल्पा, वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाएको छ । पाँच दलीय गठबन्धनबाट सहमति भए अनुसार दुई वटा पालिकामा अध्यक्ष र तीन वटामा उपाध्यक्ष तथा उपप्रमुख पाएको माओवादीले आइतबार राती मात्र उम्मेदवारको टुँगो लगाएको हो ।

माओवादीले तिनाउ गाउँपालिकाको अध्यक्षमा राजेश श्रेष्ठ, रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा नारायण बहादुर कार्कीलाई उम्मेदवार बनाएको छ ।
यस्तै उसले तानसेन नगरपालिकाको उपप्रमुखमा प्रतिक्षा सिंजाली, रैनादेवी छहरा गाउँपालिकाको उपाध्यक्षमा युवराज थापा र निस्दी गाउँपालिकाको उपाध्यक्षमा रामप्रसाद खत्रीलाई उम्मेदवार बनाउने निर्णय गरिएको माओवादीका जिल्ला इञ्चार्ज नेत्र प्रसाद पाण्डेले बताए । उनका अनुसार आज विहानसम्म सम्पूर्ण वडाको समेत टुंगो लगाएर मनोनयन दर्ता गरिने छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update