Shittalpati
बगनासकालीका जनताको जीवस्तर उकास्छौं : पाण्डे

पाल्पा, सत्ता गठबन्धन अन्तर्गत एकिकृत समाजवादीबाट बगनासकाली गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनेका कमल पाण्डेयले बगनासकालीका जनताको जीवस्तर माथि उकास्न उम्मेदवारी दिएको बताएका छन् । उनले यहाँका जनताको जीवनस्तर अझै पनि माथि उठ्न नसकेको भन्दै उनीहरुको जीवनस्तरमा सुधार ल्याउन आफुले उपाध्यक्षमा उम्मेदवारी दिएको बताए ।
पाण्डेले बगनासकालीले विकासको रुपरेखा कोरिसकेकाले कोरिएको रुपरेखालाई पूर्णता दिई पालिकालाई समृद्धिको दिशामा अगाडि बढाउने योजना रहेको बताए । उनले बगनासकाली कृषि र पर्यटनमा अब्बल रहेको भन्दै यहि कृषि र पर्यटनबाट जनताको जीवनस्तर उकास्न सक्ने भिजन आफसँग भएको बताए । ‘बगनासकालीमा प्रचुर सम्भावनाहरु छन्, हामी तिनै सम्भावनालाई साकार पार्न चाहन्छौं ।’ पाण्डेयले भने ।
बगनासकाली गाउँपालिकामा पनि सत्ता साझेदार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी बिच चुनावी तालमेल भएको छ । नेपाली काँग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा सुनिता अधिकारी र उपाध्यक्षमा पाण्डेले उमेदवारी दर्ता गराएका छन् । बगनासकालीका हरेक बस्तीहरुमा विकासका पूर्वाधारहरु बाटो, खानेपानी, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने पालिकाका प्रमुख उम्मेदवाहरुले बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update