पाल्पा, पाल्पामा सत्ता गठबन्धनका दलहरु घरदैलो चुनावी अभियानमा जुटेका छन् । काँग्रेस सहितको ५ दलिय गठनबन्धन दलहरु आ–आफ्ना उम्मेदवारहरुलाई विजयी बनाउन घरदैलो अभियानमा जुटेका हुन् ।
जिल्लाका दश वटै स्थानीय तहमा गठबन्धन दलहरु उम्मेदवारलाई जिताउन लागेका छन् । उनीहरुले विकास र समृद्धिका लागि काँग्रेस सहितको गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन मतदाताहरु समक्ष आग्रह गरेका छन् । काँग्रेसको नेतृत्वमा विहीबार रैनादेवी छहरा गाउँपालिका २ सोमादीमा घरदैलो कार्यक्रम भएको छ । नेपाली काँग्रेसको तर्फबाट पालिका अध्यक्षमा उम्मेदवार बनेका रुक्मागत भट्टराई, माओवादी केन्द्रको तर्फबाट उपाध्यक्षको उम्मेदवार बनेका युवराज थापा, वडा अध्यक्ष पदका उम्मेदवार दान बहादुर पौडेल लगायतको टोलीले घरदैलो गरेको छ । उनीहरुले विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन मतदाताहरुसँग अपिल गरेका छन् ।
तानसेन नगरपालिकामा पनि घलदैलो अभियान सञ्चालन भएको छ । विहीबार वडा नं ५ को कैलाश नगरमा गठबन्धन दलले घरदैलो गरेको छ । नेपाली काँग्रेसबाट नगर प्रमुखको उम्मेदवार बनेका सन्तोष लाल श्रेष्ठ, उपमेयरमा माओवादी केन्द्रकी प्रतिक्षा सिङ्जालीले मतदाताहरुसँग तानसेनको समग्र विकास लागि लागि आफुहरुको टिमलाई विजयी गराउन आग्रह गरेका छन् । यस्तै माथागढी गाउँपालिकामा पनि नेपाली काँग्रेसका उम्मेदवारहरुले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन् ।
गाउँपालिका अध्यक्षका उम्मेदवार सन्तोष थापा मगर,उपाध्यक्ष पदको उम्मेदवार विजया भट्टाई, वडाध्यक्षहरु मतदाताहरुको घरमै पुगेर मत मागेका छन् । उनीहरुले – वडा न. ५ हात्ती लुङ ढाडकोन , वडा नं ६ गोठाडीको अर्गले, सिम्ले, चारघरे, कुम्भि, टोक्लोक्दी र दह लगायतका टोलमा मतदाहरुसँग भेटघाट गरेका छन् । उम्मेदवारहरुले गाउँपालिकाको समृद्धि र नागरिकको जीवनस्तर उकास्न नेपाली काँग्रेसका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरेका छन् । रामपुर नगरपालिकामा पनि नेपाली काँग्रेसका उम्मेदवारहरु घरदैलोमा पुगेका छन् । तिनाउ गाउँपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका, पूर्वखोला गाउँपालिका, निस्दी गाउँपालिका र रम्भा गाउँपालिकामा पनि गठबन्धनका उम्मेदवारहरुले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।
काँग्रेस प्रवेश गर्नेको लर्को
यस्तै पाल्पामा काँग्रेस प्रवेश गर्नेको लर्को नै लागेको छ । एमालेबाट असन्तुष्ट जनाउदै केही नेता कार्यकताहरु काँग्रेस प्रवेश गरेका छन् । तानसेन नगरपालिकामा एमालेको संक्रिय राजनीति गर्दै आएका दुई कार्यक्रता काँग्रेसमा प्रवेश गरेका छन् । तानसेन ५ अर्चले निवासी अशोक कार्की र रामु सोमै काँग्रेस प्रवेश गरेका हुन् । कार्की र सोमै दुवैजनालाई नेपाली कांग्रेसका निर्वातमान सभापति एवं लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वीर बहादुर राना र जिल्ला सभापति हिमालदत्त श्रेष्ठले स्वागत गरे । न्यूज डेस्क