रोहित ज्ञवाली
कालुरामको पढाई त्यति सहज ढङ्गले अगााडि बढ्न सकेन । उसलाई पारिवारिक दयनीय परिवेशले साथ दिएन या भाग्यले साथ दिएन भन्नु भन्दा पनि सामथ्र्य नै भएन भन्नु प¥यो । तै पनि उसले जति जति ज्ञान हासिल गर्न सक्यो, त्यसैअनुसार सानै भएपनि सरकारी सेवामा स्थायी जागिर खान पनि ठूलो कुरा भयो । यसको अलावा उसले जानी–नजानी आफ्ना उत्कृष्ठ कापी–कलमको माध्यमबाट विसाउने बानी थियो । विचरो ! के गरोस् ऊ सँग कहाँ त्यति धेरैै शब्दभण्डार नै थिए र ? तै पनि पुस्तकालयका पत्र–पत्रिका र थरीथरीका पुस्तक पढ्न भने उसलाई अवसर मिलेको थियो, किनकी त्यहाँ उसले आलो पालोमा पुस्तकालय खोल्ने मौका पाएको थियो । त्यसैलाई विविध खाले लेख्ने लहड् चलिरहन्थ्यो । फुर्सदको समयमा या आफूलाई एकलै पाएको समय रात–वेरात कुनै पनि बेला लेख्न थाल्यो । एक प्रकारले उसमा भूत सवार नै हुन्थ्यो कि उसले के लेख्न खोजेको हो लेखिसकेको ड्राफ पढेपछि मात्र थाहा हुन्थ्यो ।
अचम्म छ, यस्तो शक्ति कताबाट आयो उसलाई ? सायद विद्याकी अधिठाष्टी सरस्वती माताको वरदान पो हो कि ? अनि बल्ल उसले म यो लेख्दैछ्ु, यसरी लेख्दैछु भनेर शिर्षक राखी पूर्वलेखन गर्न थाल्दथ्यो । समयको चक्र घुमिरहेकै छ । अब ऊ पनि अर्धवैशे उमेरको भईसक्यो । जागिर पनि एउटा किनारामा पु¥याएर विश्राम लिएको छ । अब म पूर्ण स्वतन्त्र छु । मन लागेको केरकार गर्न सक्छु’–भन्ने ठानेको छ उसले । समयको काल खण्ड सँगसँगै साहित्यानुरागी मात्र होइन कि–साहित्य प्रतिको झुकाव र तत्परता उसका साथी भएका छन् । ऊ साहित्यिक जिज्ञासु भएको छ । एक दिन घुलमेल भएको पुरानो साथीको पत्रिका प्रकाशन कार्यालयमा लेख छपाउन जान्छ । साथीले पहिले त सुप्रसन्न मुद्रामा नै लेख छाप्न राजी हुन्छन् । पछि कुन्नी किन हो, साथीको सकारात्मक मुड कसरी फेरिएछ, थाहा भएन । वर्ष दिनसम्म पनि त्यो लेख छापिएन । झिनो आशाका साथ वर्ष दिन भरिकै उक्त पत्रिका फुटकरमा किनेर नियाली रहन्थ्यो तर उसलाई निराशा मात्रै बनायो । साथी तिमीले यो–यो कुरा मिलाएर पूर्नलेखन गरेर ल्याउ अनि बल्ल प्रकाशित हुनेछ । भनेर भनिदिएको भए– उसलाई खुसी लाग्थ्यो । तर उसको खुसी पनि बढ्दै जान्थ्यो तर त्यसो भएन । ऊ पनि त्यति साह्रो हतोत्साहित र खिन्न हुनु पर्थेन । अर्काे अचम्मको कुरा त के भने नि ¤ नजिकिन खोज्दा– तर्किएको हर्कत व्यर्हाेनु परेको छ उसले । अनि उसलाई लाग्दछ– हुन नसक्ने कामको बचन दिनु राम्रो होइन । ठिक त्यस्तै प्रकार– हाम्रो नेपालको नेताको स्वभाव जस्तो यहि प्रसंगमा एउटा उखान पनि भन्ने गरिन्छ कि– ‘गरिवलाई दिन्छु नभन्नु, विधवालाई लान्छु नभन्नु’ यसर्थ मिठो बोल्ने खराब भित्र भन्दा, खरो बोल्ने असल शत्रु हितकारी हुन्छ । यहाँ कालुरामलाई मिठो बोलेर – आश्वासन दिई झुक्याईएको छ र अपमानित गरिएको छ ।