पाल्पा, पाल्पामा गठबन्धनमा असन्तुष्ट जनाएका व्यक्तिहरुले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् । यहाँ वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि वडातहदेखि पालिका अध्यक्ष पदमा उम्मेदवारी दिएका गठबन्धनका व्यक्तिहरुले उम्मेदवारी फिर्ता लिएका हुन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा गठबन्धनबाट असन्तुष्ट जनाएर स्वतन्त्र उम्मेदवारी दिएका व्यक्तिहरुले शुक्रबार निर्वाचन कार्यालय पुगी उम्मेदवारी फिर्ता लिएका छन् ।
नेपाली काँग्रेसको आग्रहलाई स्वीकार गर्दै अध्यक्ष पदमा उम्मेदवारी दिएका विष्णु प्रसाद पोखरेल ,उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी चेत कुमारी थापा सहित आठ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । उनीहरुले पार्टीको आग्रहमा उम्मेदवारी फिर्ता लिएको जनाएका छन् । काँग्रेसबाट असन्तुष्ट जनाएका जुठापौवा र छहराका ६ ले समेत वडा सदस्यमा उम्मेदवारी दिएका थिए । उनीहरुले पनि आज उम्मेदवारी फिर्ता लिएको गठबन्धन पाल्पा संयोजक हिमालदत्त श्रेष्ठले बताए । उनका अनुसार पार्टीको आग्रहलाई स्वीकार गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् । जिल्ल्लाका अन्य स्थानीय तहमा पनि गठबन्धनबाट असन्तुष्ट जनाएका व्यक्तिहरुले उम्मेदवारी फिर्ता लिएको संयोजक श्रेष्ठले बताए । उम्मेदवारी फिर्ता लिएकाहरुले गठबन्धनलाई पूर्ण रुपमा सहयोग गर्ने बताएका छन् । न्यूज डेस्क