Shittalpati
को हुन् पटक–पटक जनताले रूचाएका मधु पराजुली ?

पाल्पा, पाल्पाको सामाजिक र राजनीतिक क्षेत्रमा परिचित नाम हो मधु पराजुली । माथागढीको झडेवामा २०४१ साल वैशाख ८ गते बुबा कृष्ण पराजुली र आमा राममाया पराजुलीको सुपुत्रको रुपमा जन्मिएका उनले सानै उमेरदेखि विभिन्न संघसंस्थाको नेतृत्व सम्हाल्दै आएका छन् । २०६३ सालदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका उनले २०६५ सालमा नेपाली काँग्रेसको भातृसंस्था तरुण दलको सदस्यता लिएका थिए ।

२०६९ सालमा तरुणदलको वडा सभापतिको जिम्मेवारी समालेका पराजुली १२ औं महाधिवेशनबाट नेपाली काँग्रेस क्षेत्र नं २ को क्षेत्रिय सदस्यभएका थिए । उनी पार्टीमा लगनशिल र सक्रिय रहेकै कारण १४ औं महाधिवेशनबाट नेपाली काँग्रेस क्षेत्र नं. १ को क्षेत्रिय सचिवमा निर्वाचित भए । सिएमए र स्नातक गरेका पराजुली इमान्दार र कर्तव्य निष्ठावान व्यक्तिका रुपमा छवि बनाएका युवा नेता हुन् । कम उमेरमै सामाजिक काममा लागेका उनी २०७४ सालको स्थानीय निर्वाचनमा माथागढी गाउँपालिका ४ झडेवाबाट वडा अध्यक्षमा भारी मतले विजयी भएका थिए । दिनरात जनताकै सेवामा समर्पित उनी जनताको मन जित्न सफल भएका छन् । उनको नेतृत्वमा वडाको समृद्धि र विकासको खाका कोरिएको छ । पाँच वर्षमा झेडवालाई सडक सञ्जालदेखि वडावासीलाई व्यवसायिक कृषिमा जोड्ने काम गरेका पराजुलीले वडामा उत्कृष्ट काम गरेका छन् । त्यसैको प्रतिस्वरुप जनताले पुनः पराजुलीलाई नै वडा अध्यक्षमा दोहोर्‍याउन चाहेका छन् । उनले जनताको चाहाना र पाँच वर्षमा गर्न बाँकी रहेका कामहरु पुरा गर्न पुनः वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

वडावासीको चाहाना र वडाको समृद्धि र विकासका लागि वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा पुनः वडा अध्यक्षमा उम्मेदवारी दिएको शित्तलपाटीसँगको कुराकानीमा पराजुलीले बताए । उनले भने ‘वडावासीको चाहान र बाँकी काम पुरा गर्न पुनः उम्मेदवारी दिएको हुँ ।’ ‘राजनीतिक र सामाजिक जीवनमा आफ्नो व्यक्तिगत फाइदा कहिल्यै हेरिनँ,’ पाराजुलीले भने । ‘म राजनीति र सामाजिक क्षेत्रमा हुँदा व्यक्तिगत लाभ हेरेको भए आज म आर्थिक रुपमा सबल हुने थिएँ । तर मैले जनहित मात्र हेरेँ, व्यक्तिगत फाइदा हेरिन त्यसैले पनि मैले वडावासीबाट सोंचे भन्दा पनि बढी साथ पाएँ ।’ पराजुलीले आफ्नो पाँच वर्षे कार्यकालमा झडेवालाई शहर उन्मुख क्षेत्रको रुपमा विकास गर्नुको साथै वडालाई कृषिको पकेट क्षेत्र बनाउन सफल भए । उनले सडक सञ्जाल नपुगेका ग्रामीण क्षेत्रमा सडक, पुल नभएका ठाउँमा पुल, विद्युत नपुगेका स्थानमा विद्युत विस्तार बनाउने काम गरे । उनकै नेतृत्वमा झडेवामै अहिले १५ शैयाको अस्पतालको काम अगाडि बढेको छ । आगामी निर्वाचनमा विजयी भए भ्रष्टाचार रहित समाजको निर्माण दिगो र सन्तुलन विकास गर्ने लक्ष्य उनले राखेका छन् ।

पराजुलीले बालबालिका, बृद्ध, अपा, एकल महिला, पिछडीएको वर्ग समुदायलाई न्याय र सम्मान दिलाउदै वडालाई समृद्ध, विकसित र नमुना वडा बनाउने अठोट लिएको बताए । अध्यक्षका उम्मेदवार पराजुलीले भने ‘आफु पाँच वर्षसम्म वडावासीको सेवामा निरन्तर काम गर्दै आएकाले पनि यहाँको विकास र समृद्धिका लागि के गर्नुपर्छ भन्ने स्पष्ट भिजन मसँग छ, सोही अनुरुप मैले काम गर्ने छु ।’ वडामा कृषिको प्रचुर सम्भावना रहेकाले यहाँको कृषि योग्य भूमिको प्रयोग गरी यहाँका युवाहरुलाई गाउँमै रोजगारका अवसर सिर्जना गर्ने आफ्नो लक्ष्य रहेको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update