Shittalpati
‘गठबन्धनले निर्वाचनलाई प्रदुषित बनायो’

पाल्पा,नेकपा एमालेका पोलिटिव्युरो सदस्य एवं पाल्पा इन्र्चाज ठाकुर गैरेले ५ दलिय गठबन्धनबाट वैशाख ३० गते हुने निर्वाचनलाई प्रदुषित बनाएको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल पाल्पा शाखाले प्रकाशन गरेको भित्ते क्याण्डेरको विमोचन गर्दै एमाले पाल्पा इन्चाज गैरेले संविधानका छिद्रहरु खोजेर ५ दलले सत्ताको आडमा आवधिक निर्वाचनमा प्रदुषण फैलाएको बताएका हुन् ।
निर्वाचन स्वच्छ, निष्पक्ष, सुरक्षित भयरहित बनाउन प्रेस चौतारी आवद्ध पत्रकारहरु चनाखो भई काम गर्नुपर्ने पोलिटिव्युरो सदस्य गैरेले बताए । एमाले पाल्पाका १० वटै स्थानीय तहका ८१ वटै वडामा कानुन अनुसार उम्मेदवारी दिएपनि महिला तथा कानुनको वकालत गरेर नथाक्ने गठबन्धनधारी दलहरुले महिलाको सुनिश्चित अधिकार समेत कटौती गरेर उम्मेदवारी दिएको बताए । कार्यक्रममा नेकपा एमाले तानसेन नगरका नगर प्रमुखका उम्मेदवार धनेन्द्रराज घिमिरेले आगामी दिनमा शिक्षा, स्वास्थ्य पर्यटन र रोजगारलाई प्रमुख आधार बनाएर तानसेनको विकासमा खटिने बताए । नगर प्रमुखमा विजयी भएमा शुसासन, पारदर्शिता र जवाफदेहीप्रति प्रतिवद्धता भई काम गर्ने घिमिरेले बताए । पाल्पालाई पर्यटकीय केन्द्र विन्दु बनाउन, तानसेनलाई नमुना शहरको रुपमा विकास गर्न एमालेका उम्मेदवारहरुलाई विजयी बनाउन उम्मेदवार घिमिरेले आग्रह गरे । पाल्पा दरवार संग्रहालयलाई लुम्विनी प्रदेशकै नमुना बनाउने, श्रीनगरडाँडालाई देशकै नमुना डाँडा बनाउने, प्रभास ताललाई पुरानै अवस्थामा फर्काउने, तानसेनको खानेपानीलाई व्यस्थित गर्ने, रिडी रुरु क्षेत्रमा धार्मिक पर्यटकीय पुर्वाधार विकास गरी व्यस्थित चारधामको रुपमा विकास गर्ने, निर्माणाधिन बसपार्कलाई चाडो निर्माण कार्य पुरा गर्ने, मगर, नेवारी कला संस्कृती संरक्षण गर्ने, टँुडिखेललाई अझ स्तरउन्नती गर्ने एमालेका मेयर उम्मेदवार घिमिरेले बताए । कार्यक्रममा चौतारीका जिल्ला अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता, चौतारीका लुम्बिनी प्रदेश सह–इञ्चार्ज कमलराज तिमिल्सीनाको स्वागत, सचिव नारायण न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो । यसैगरी चौतारीले आगामी ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरी समाचार डेक्स सञ्चालनमा ल्याएको छ । जिल्लाका सबै पालिकामा चौतारीमा आवद्ध पत्रकारहरु परिचालन गरी समाचार संकलन, प्रकाशन तथा प्रशारणको समाचार डेक्स स्थापना गरिएको चौतारीका जिल्ला अध्यक्ष कार्कीले बताए ।

प्रकाशित मिति: शनिबार, वैशाख १७, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update