पाल्पा, पाल्पामा गठबन्धन दल आर्थिक विकास र भौतिक पूर्वाधारमा जोड दिदै निर्वाचनमा होमिएको छ । तल्लो तहमा रहेका जनसमुदायको विशाल हिस्सालाई आर्थिक, सामाजिक विकासको साझेदार बनाउने र उनीहरूलाई प्रतिफलको साझेदार बनाउने लक्ष्यका साथ यहाँ पाँच दलीय गठबन्धन निर्वाचनमा होमिएको हो ।
गठबन्धनका उम्मेदवारहरुले स्थानीय तहको अधिकतम् परिचालन र अघिल्लो निर्वाचनमा भनिएजस्तै गाउँ–गाउँमा सिंहदरबारको नारालाई व्यावहारिकरूपमा कार्यान्वयन गराउने गरी आफुहरु मतदाताको घरदैलोमा पुगेको बताएका छन् । जनताको घर–आँगनको सरकार भएकाले पनि स्थानीय तह बलियो, सक्षम र जनमैत्री हुनुपर्ने विषयलाई महत्वका साथ लिर्दै दशवटै स्थानीय तहका उम्मेदवारहरुले मतदातासँग मत मागेका छन् ।
रामपुरमा नेपाली काँग्रेसका उम्मेदवार संकल्पपत्र सहित जनताको घर–घरमा पुगेका छन् । सुशासनयुक्त,सबल र समुन्नत, स्मार्ट रामपुर निर्माणका लागि अल्पकालिन, दिर्घकालिन योजना सहितको संकल्पपत्र लिएर उम्मेदवारको घरदैलोमा छन् । नगर प्रमुखका उम्मेदवार रमण थापा, उप प्रमुख बालकुमारी थापा सहतिका वडा अध्यक्ष, सदस्यहरु घरदैलोमा छन् । उनीहरुले नगरलाई एक वर्ष भित्र हिलो रहितनगर घोषणा गर्ने, ५ वर्ष भित्रमुख्य सडकदेखि वडा कार्यालय र वडा स्तरीय शहरी केन्द्र जाने बाटो ग्रिन रोडको अवधारणाअनुसार कालो पत्रे गर्ने, एक वडा एक पुस्तकालय, शिक्षामा एक रुपता ल्याउने प्रतिवद्धतासहित नाताको घरदैलोमा छन् ।
बगनासकाली गाउँपालिकामा पनि गठबन्धन दलका उम्मेदवारहरु संयुक्त संकल्प सहित घर दैलोमा छन् । नेपाली काँग्रेसबाट अध्यक्षको उम्मेदवार सुनिता अधिकारी र एकिकृत समाजवादीबाट उपाध्यक्षको उम्मेदवार खिमानन्द पाण्डे (कमल), वडा अध्यक्ष, सदस्यहरु प्रत्येक वडामा खेलमैदान निर्माण गर्ने, गाउँपालिका स्तरीय क्रिकेट र फुटवलको रंगशाला निर्माण गर्ने खानेपानीलाई पूर्ण तथा निशुल्क गर्ने, शिक्षा तथा स्वास्थ्य सेवा सर्वसुलभ र गुणस्तरीय बनाउने संकल्प सहित जनताको घरदैलोमा छन् । उनीहरुले वडा नं. १ चिर्तुङधाराबाट सुरु गरेको घरदैलो अभियान वडा नं ७ सम्म आइपुग्दा उत्साहजन रुपमा देखिएको बताएका छन् । उनीहरुले विहीबार वडा नं ७ खानेगाउँमा घरदैलो तथा चुनावी सभा गरेका छन् । वडा अध्यक्षका उम्मेदवार राम बहादुर साठिघरे सहित पालिका अध्यक्ष, उपाध्यक्ष, सदस्यहरु घरदेलोमा छन् । बगनासकाली ७ खानिगाँउलाई स्थानीय निर्वाचनमा महत्वपूर्ण रुपमा हेरिएको छ । नेपाली काँग्रेसका निवर्तमान सभापति तथा उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री वीर बहादुर रानाको जन्म स्थान रहेको यहाँ नेकपा एमालेको तर्फबाट गाउँपालिका उपाध्यक्षका उम्मेदवार हरि प्रसाद पाठकको उम्मेदवारी रहेको छ । गत स्थानीय तह निर्वाचन २०७४ मा भने नेपाली काँग्रेसले विजय हासिल गरेको थियो ।
तिनाउमा पनि गठबन्धनका उम्मेदवारले घरदैलो अभियानलाई तिव्रता दिएका छन् । पालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार राजेश श्रेष्ठ, उपाध्यक्षमा काँग्रेसका उम्मेदवार लाल बहादुर थापा सहित वडा अध्यक्ष, सदस्यका उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । विहीबार गठबन्धन दलका उम्मेदवारले तिनाउको कुँडा पानीमा घरदैलो गरी वडा न. १ ठूली उदानमा चुनावी सभा गरेका छन् । घरदैलोमा अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका उम्मेदवार हस्त बहादुर रास्कोटीले तिनाउको आर्थिक समृद्धि र विकासका लागि आफुहरुलाई मत दिन मतदाताहरुलाई आग्रह गरेका छन् । चुनावी सभालाई सम्बोधन गर्दै नेपाली काँग्रसका जिल्ला सदस्य तथा युवा नेता विषणुप्रसाद पाण्डेले पाँच वर्षसम्म एमालेले पालिकाको नेतृत्व पाए पनि विकास गर्न नसकेकाले गठबन्धनका उम्मेदवारलाई यस पटक भोट दिन सबैलाई आग्रह गरे । कार्यक्रममा माओवादीका प्रदेश सदस्य पुरन केसीले समग्र पालिकाको विकासका लागि गठबन्धनका उम्मेदावारलाई विजयी गराउनु अहिलेको आवश्यकता रहेको बताए ।
रिब्दीकोटमा पनि गठबन्धनका उम्मेदवारले घर दैलो कार्यक्रमलाई तिव्रता दिएका छन् । विहीबार पालुङको नेटा र बतासे बजारमा गठबन्धनको घरदैलो तथा चुनावी सभा भएको छ । चुनावी सभालाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल किशोर घिमिरेले सम्बोधन गर्दै सघीयताको मर्मत अनुसार नै गठबन्धन भएको बताउदै पुरानो नेतृत्व तथा पुराना नेतालाई सम्मान गर्दै गठबन्धनलाई भोट दिन आग्रह गरे । उनले रिब्दीकोटको यो सरकार भ्रष्टाचारमा लिप्त भएको बताउदै सुशासन र परदर्शिताको लागि गठबन्धनलाई बिजयी गराउन आग्रह गरे । नेपाली काँग्रेसका जिल्ला सदस्य माधव थापाले ५ बर्षमा रिब्दिकोटमा क्रान्तिकारी परिवर्तनका लागि गठबन्धनका साँझ उम्मेदवारलाई विजयी गराउन अनुरोध गरे । पालिका उमेदवार नारायण बहादुर कार्की, उपाध्यक्षका उम्मेदवार कान्ता अधिकारी वडा नं ७ का वडा अध्यक्ष र सदस्य पदक उम्मेदवारले आर्थिक विकास र समृद्धिका लागि आफुहरुलाई मत दिन आग्रह गरे । यस्तै माथागढी गाउँपालिका,रम्भा गाउँपालिका,निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका र तानसेन नगरपालिकामा समेत गठबन्धनका उम्मेदवारहरु घरदैलोमै व्यस्त छन् । न्यूज डेस्क