Shittalpati
एमालेका उम्मेदवार घरदैलोमा व्यस्त

पाल्पा, नेकपा एमालेले जिल्लाका दश वटै स्थानीय तहमा घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । उसले आफ्ना उम्मेदवारहरुलाई विजयी बनाउन मतदाताहरुको घर घरमा पुगेर मत मागेको छ । तानसेनमा एमालेका उम्मेदवारहरुले दिनहुँ जसो घरदैलो गरिहेका छन् । तानसेन नगरपालिका मेयरका उम्मेदवार धनेन्द्रराज घिमिरे, उपप्रमुख पदका उम्मेद्वार शशी श्रेष्ठ लगायतका वडा अध्यक्ष, सदस्यहरु घरदैलोमा छन् । उनीहरुले तानसेनलाई आधुनिक शहर बनाउने, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास गर्ने, नगरभित्रका नागरिकका लागि रोजगारी दिलाउने, तानसेनको खानेपानी समस्या समाधन गर्ने लगायतका एजेण्डासहित विभिन्न टोलमा घरदैलो गरिरहेका छन् ।

गठबन्धनमा आबद्ध दलहरूले भन्दा पहिले नै घरदैलो सुरु गरेको एमालेका उम्मेद्वारले आफ्नो चुनावी प्रतिवद्धता सहित घरदैलो गरिरहेका हुन् । शनिबार तानसेन ९ मा पनि एमालेले घरदैलो गरेको छ । वडा अध्यक्षका उम्मेदवार राजेश कुमार अर्याल सहित वडा सदस्यहरु ¥याली सहित मतदाताको घरदैलोमा पुगेका छन्् । वडाको समृद्धि र विकासका लागि आफुहरुलाई विजयी बनाउन भन्दै उम्मेदवाहरुले भोट मागेका छन् । एमालेले विगतमा पनि तानसेनको अधिकांश वडा जितेकाले यसपाली विगतको बाँकी कामलाई सम्पन्न गर्न र थप नयाँ काम गर्नका लागि जनताले एमालेका उम्मेद्वारलाई मत दिने नेताहरूको भनाई छ । यस्तै रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, तिनाउ गाउँपालिका, बगनासकाली गाउँपालिका, रामपुर नगरपालिका, रम्भा गाउँपालिका, पूर्वखोला गाउँपालिका, निस्दी गाउँपालिका र माथागढी गाउँपालिकामा पनि एमालेका उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update