Shittalpati
रामपुरका तीन वडामा काँग्रेस र एक वडामा एमाले विजयी

पाल्पा, जिल्लाको दश वटै स्थानीय तहमा निर्वाचनको मत गणना भइरहेको छ । यो समाचार तयार पार्दासम्म रामपुर नगरपालिकामा चार वटा वडाको मत गणना सकिएको छ । जसमा तीन वटा वडामा काँग्रेसको प्यानलै विजयी भएका छन् भने एक वडामा नेकपा एमालेको प्यानल विजयी भएको छ ।

रामपुर नगरपालिका –१ मा काँग्रेसको प्यानलै विजयी भएको छ । वडा अध्यक्षका उम्मेदवार कपिल बहादुर खाँणको प्यानल विजयी भएको हो । उनले ९ सय ४७ मत ल्याए भने उनका निकटत्म प्रतिद्धन्द्धी नेकपा एमालेका मिन बहादुर खाँणले ७ सय ५१ मत प्राप्त गरे । यहाँ काँग्रेसका नगर प्रमुखका उम्मेदवार रमण बहादुर थापाले ८ सय ९२, एमालेका नगर प्रमुखका उम्मेदवार शिव अर्यालले ८ सय २, काँग्रेसका उपप्रमुखका उम्मेदवार बालकुमारी थापाले ८ सय ९४, एमालेका उपप्रमुखका उम्मेदवार दुर्गा देवि रानाले ८ सय २, राप्रपाका मेयरका उम्मेदवार राजेन्द्र ढकालले १ र स्वतन्त्रका उम्मेदवार प्रेम प्रकाश श्रेष्ठले २ मत प्राप्त गरेका छन् ।

यस्तै रामपुर नगरपालिका –२ मा नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार कृष्ण बहादुर दर्जी सहितको प्यानल विजयी भएको छ । दर्जीले ९ सय ९ मत प्राप्त गरे भने उनका निकटत्म प्रतिद्धन्द्धी कृष्णबहादुर थापाले ४ सय १५ मत प्राप्त गरे ।

रामपुर नगरपालिका – ९ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार दिल बहादुर राना सहितको प्यानल विजयी भएको छ । रानाले ७ सय ६८ मत ल्याएर विजयी भए भने उनका निकटत्म प्रतिद्धन्द्धी एमालेका नेत्र गाहाले ६ सय ८६ मत प्राप्त गरे । महिला, दलित महिला र खुल्ला सदस्यसमेत काँग्रेसकै प्यानल विजयी भएको निर्वाचन अधिकृतको कार्यालय रामपुरले जनाएको छ । यहाँ २०७४ को निर्वाचनमा नेकपा एमाले निर्वाचित भएको थियो । यहाँ काँग्रेसबाट नगर प्रमुखका उम्मेदवार रमण बहादुर थापाले ७ सय ५७, एमालेका शिव अर्यालले ६ सय ९३, उपमेयरका प्रत्यासी काँग्रेसका बालकुमारी थापाले ७ सय ५४, एमालेकी दुर्गा देवी रानाले ६ सय ९५ मत प्राप्त गरेको जनाइएको छ ।

यस्तै रामपुर नगरपालिका– १० मा नेकपा एमालेका तोयानाथ सारुको प्यानलै विजयी भएको छ । विजयी सारुले १ हजार ३ सय ६८ मत ल्याए भने उनका प्रतिद्धन्द्धी काँग्रेसका विजय रानाले १ हजार २ सय ५६ मत ल्याए ।

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update