पाल्पा, जिल्लाको दश वटै स्थानीय तहमा निर्वाचनको मत गणना भइरहेको छ । यो समाचार तयार पार्दासम्म तानसेन नगरपालिकामा चार वटा वडाको मत गणना सकिएको छ । जसमा चारै वटा वडामा काँग्रेससहित गठबन्धन नै विजयी भएको छ । तानसेन नगरपालिकाको–१ म नेपाली काँग्रेसका सुनिल कुमार बस्याल विजयी भएका छन् । बस्यालले ९ सय १४ मत ल्याए भने उनका प्रतिद्धन्द्धी नेकपा एमालेका खडानन्द न्यौपानेले ५ सय ९० मत ल्याए । बस्यालसहित महिला, दलित महिला र खुल्ला सदस्यसमेत काँग्रेसकै प्यानल विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनले जनाएको छ । यहाँ गठबन्धनबाट नगर प्रमुखमा उम्मेदवार बने काँग्रेसका सन्तोषलाल श्रेष्ठले ७ सय ५२ मत ल्याए भनेनेकपा एमालेका धनेन्द्रराज घिमिरेले ७ सय ३ मत ल्याएका छन् । यस्तै उपमेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी प्रतिक्षा सिंजालीले ६ सय ३८ मत ल्याईन्भने एमालेबाट शशी श्रेष्ठले ७ सय ४७ मत ल्याईन् ।
यस्तै तानसेन नगरपालिका –२ मा नेपाली काँग्रेसका महेश्वर श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ६ सय ५८ मत ल्याए भने उनको प्रतिद्धन्द्धी नेकपा एमालेका मदनलाल बज्राचार्यले २ सय ७३ मत ल्याएका थिए । तानसेन नगरपालिका– ३ मा पनि गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । यहाँ काँग्रेसका बाबुरत्न शाक्यसहितको प्यानलै विजयी भएको हो । तानसेन– ४ मा नेपाली काँग्रेसका हेमन्तराज शाक्य सहितको प्यानल विजयी भएको छ ।
तानसेनमा चार वटा वडाको मत गणना हुँदासम्म नगर प्रमुखमा नेपाली काँग्रेसका सन्तोष लाल श्रेष्ठले २ हजार ६ सय ७८,नेकपा एमालेका धनेन्द्र राज घिमिरेले १ हजार ८ सय ६४, उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रकी प्रतीक्षा सिंजालीले २ हजार ३ सय ९५ र नेकपा एमालेकी शशी श्रेष्ठले २ हजार १८ मत ल्याएको मुख्य निर्वाचन कार्यालय तानसेनले जनाएको छ ।