पाल्पा, जिल्लाको दश वटै स्थानीय तहमा निर्वाचनको मत गणना भइरहेको छ । यो समाचार तयार पार्दासम्म माथागढी गाउँपालिकामा चार वटा वडाको मत गणना सकिएको छ । जसमध्ये तीन वडामा काँग्रेस र एक वडामा नेकपा एमाले विजयी भएको छ ।
माथागढी गाउँपालिका– ६ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । युबबहादुर ठाडाको प्यानल विजयी भएको हो । ठाडाले ६ सय ८२ मत ल्याए भने उनका प्रतिद्धन्द्धी एमालेका सन्तोष भट्टराईले ४ सय ४४ मत ल्याए ।
वडा नं ७ रहवासमा पनि काँग्रेसको प्यानलै विजयी भएको छ । काँग्रेसका जंगबहादुर दर्लामीले ५ सय ७५ मत ल्याए भने उनका प्रतिद्धन्द्धी एमालेका नेत्रप्रसाद थापाले ४ सय ७० मत ल्याएका हुन् ।
यस्तै शनिबार भएको मतगणनामा माथागढी गाउँपालिका– ८ बहादुरपुरमा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ । काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार बनेका डिलबहादुर ढेंगामगरको प्यानल विजयी भएको हो । वडाध्यक्षमा ढेंगामगरले ४ सय १० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नारायणसिंह ठाडाले ३ सय ३४ मत ल्याए । महिला, दलित महिला र खुल्ला दुई सदस्यसमेत काँग्रेसकै प्यानल विजयी भएको निर्वाचन अधिकृतको कार्यालय माथागढीले जानकारी दिएको छ । बहादुरपुरबाट काँग्रेसबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार सन्तोषकुमार थापामगरले ४ सय ५, उपाध्यक्ष विजया भट्टराईले ३ सय ९८ मत ल्याइएन् । निकतम् प्रतिद्वन्दी एमालेका अध्यक्ष उम्मेदवार यम चिदीले ३ सय ३४ र उपाध्यक्ष विष्णुमाया लुङ्चेले ३ सय ६ मत ल्याएकी छन् ।
माथागढी –१ मा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका राजकुमार पन्थीले ९ सय ७० मत ल्याई वडा अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी काँग्रेसका महेन्द्रबहादुर जिसीले ७ सय ४९ मत ल्याएका थिए । यहाँ यसअघिका निर्वाचनमा नेपाली काँग्रेसले विजयी प्राप्त गर्दै आएको थियो ।