बुढापाकाहरुले भन्दथ्ये, मरेपछि मात्र देखिन्छ स्वर्ग त्यहाँ ।
‘बौद्ध’ हामी भन्छांै बाँचेर पनि, देखिन्छ स्वर्गको टुक्रा यहाँ ।।
विशाल निलो आकाशको छाता मुनी, गौतमबुद्ध जन्म–भूमि ।
विश्वका सारा मानवहरुको, पावन पूण्य–भूमि लुम्बिनी ।।
चारैतिर हरियाली स्वच्छ, शान्त शित्तल वातावरण ।
विचमा अनकौं मुलुकको, रंगीचंगी गुम्बा, विहार, चैत्य ।।
विश्व शान्तिको प्रतिक मौन अमूर्त मूर्ति शाक्य बुद्धको ।
‘दर्शन छायाँ’, हजारौंको संख्यामा, ओहिरो लागिरहेछन् ।।
संसारका अनेक धर्म, जन–जाति, मानिसका दुःख मुक्ती ।
विश्वभर मानव कल्याण, दर्शन आस्था एक मात्र ढुकढुकी ।।
‘चार आर्य सत्य’, व्याख्या र्गो एकमात्र तपो–भूमि लुम्बिनी ।
सबैको साझा फुलबारी हो यो, स्वर्गको टुक्रा हाम्रो लुम्बिनी ।।
विशाल समुन्द्र छालले पनि, सक्दैन तोड्न मुगाका दाना ।
सागरको गहिराई मापन गरेपनि, सक्दैन नाप्न, बुद्ध दर्शन ।।
हे महापुरुष ! तिम्रो मार्ग दर्शन अंगाल्दै, मानिसहरु गर्दछन् गर्व ।
स्वर्गकाो टुक्रा, असख्य मानव भेला भई, मनाउछन् शान्तिको पर्व ।।
कसले देखेको छ मरेपछि स्वर्ग ? स्वर्गको टुक्रा यहि भूमि ।
केही क्षण भएपनि प्रत्यक्ष, शान्तिको आूभूति दिन्छ, बुद्धभूमि ।।
मानव–मोक्ष एक मात्र मूहान, स्वागत, बुद्ध जन्मभूमि लुम्बिनी ।
धन्य छ ! ‘स्वर्गको टुक्रा’ ‘लुम्बिनी’, जय–बुद्ध जय–लुम्बिनी ।।